काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले फिफा विश्वकप २०२६ (FFIFA WORLD CUP 2026) सँग हुन्डाईको विश्वव्यापी साझेदारीको उत्सव मनाउँदै ‘World Cup to World Cup’ अफर सार्वजनिक गरेको छ ।
फिफा विश्वकप २०२६ को आधिकारिक साझेदारका रूपमा हुन्डाईले गतिशीलता, जोश र प्रगतिका माध्यमबाट मानिसलाई जोड्ने आफ्नो विरासतलाई निरन्तरता दिँदै आएको छ । यसै भावनालाई नेपालमा पनि विस्तार गर्दै, यो अभियानले ग्राहकहरूलाई एक विश्वकपदेखि अर्को विश्वकपसम्म साथ दिने गरी डिजाइन गरिएका विशेष स्वामित्व लाभहरू (ownership benefits )प्रदान गर्दछ ।
यस योजना अन्तर्गत ग्राहकले ४ वर्षको वारेन्टी, निश्चित मोडलहरूमा रु. ४ लाखसम्मको आकर्षक नगद छुटका साथै रु. ४४,४४४ सम्मको विशेष वल्र्ड कप बोनस प्राप्त गर्न सक्नेछन् । यसका साथै १ वर्षको विस्तृत बीमा (comprehensive insurance ) र सहज स्पट एक्सचेन्ज तथा मूल्याङ्कनको सुविधा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
यो अभियानले ग्राहकको सन्तुष्टि र लाभदायक स्वामित्व अनुभवप्रति हुन्डाईको निरन्तर प्रतिबद्धतालाई झल्काउँछ। आकर्षक बचत, बीमा लाभ, बोनस सुविधाहरू, र सहज एक्सचेन्ज सुविधाका साथै सबै हुन्डाई गाडीहरूमा ४ वर्षको गाडी वारेन्टी, ८ वर्षको हाई–भोल्टेज ब्याट्री वारेन्टी, र ६ वर्षको निःशुल्क सर्भिसिङ उपलब्ध छ, जसले ग्राहकहरूलाई दीर्घकालीन मूल्य र पूर्ण ढुक्कता प्रदान गर्दछ। ‘World Cup to World Cup ‘ अभियानमार्फत हुन्डाईको स्वामित्व अझ बढी फलदायी, सुविधाजनक र भरोसायोग्य बन्नेछ ।
नेपालमा बलियो विरासत र देशव्यापी बिक्री तथा सेवा सञ्जाल रहेको हुन्डाईले विश्वास, नवीनता, विश्वसनीयता र प्रगतिशील गतिशीलताका लागि चिनिने गाडी प्रदान गर्दै आएको बताएको छ ।
हुन्डाई नेपालले आफ्ना सम्पूर्ण ग्राहकलाई नजिकैको हुन्डाई शोरुममा गई यो सीमित अवधिको ‘ World Cup to World Cup’ अफरको लाभ उठाउन निमन्त्रणा समेत गरेको छ ।







Comments are closed.