बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ५ हजार ३ सय रुपैयाँ र चाँदी १९० रुपैयाँले बढेको हो ।

आज सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार कायम भएको छ र चाँदीको मूल्य ४ हजार ८४० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासले जनाएको छ ।

हिजो सुन प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ र चाँदी ४ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

You might also like

Comments are closed.