काठमाडौं । स्थानीय बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको हो
।गत शुक्रबार प्रतितोला २ लाख ९२ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य आज आइतबार २ लाख ९३ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेको छ । आज प्रतितोला चाँदीको मूल्य ४ हजार ८९५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ८४० रुपैयाँमा कारोबार भएको थियो ।






Comments are closed.