तालबाराहीदेखि दामोदर कुण्डसम्मको धार्मिक यात्रा सुरु

पोखरा । धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पोखराको प्रसिद्ध तालबाराही मन्दिरदेखि माथिल्लो मुस्ताङमा अवस्थित पवित्र दामोदर कुण्डसम्मको ६ दिने धार्मिक तथा पर्यटकीय भ्रमण कार्यक्रम सुरु भएको छ। पोखरा महानगरपालिकाको ‘पोखरा भ्रमण वर्ष’ र नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभीए) को संयुक्त आयोजनामा यो यात्रा सुरु भएको हो।

मंगलबार पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडस्थित फेवातालको बीचमा रहेको तालबाराही मन्दिर परिसरबाट टोलीले यात्राको शुभारम्भ गरेको छ। ६ दिने यस विशेष भ्रमणका क्रममा सहभागीहरूले पवित्र दामोदर कुण्डका साथै प्रसिद्ध मुक्तिनाथ मन्दिर र यात्राको रुटमा पर्ने अन्य विभिन्न मठमन्दिरहरूको समेत दर्शन एवं भ्रमण गर्ने कार्यक्रम तय गरिएको छ। पोखरा भ्रमण वर्षको सन्दर्भमा आन्तरिक तथा बाह्य धार्मिक पर्यटनलाई थप गतिशील बनाउन र देशका प्रमुख धार्मिक गन्तव्यहरूलाई आपसमा जोड्नका लागि यो कार्यक्रम निकै उपयोगी हुने विश्वास लिइएको छ।

यात्राको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले धार्मिक पर्यटनलाई व्यवस्थित र सुरक्षित बनाउनका लागि महानगरले विशेष पहल गरिरहेको बताए । सञ्चारकर्मीहरूको एक टोलीलाई सम्बोधन गर्दै उनले धार्मिक क्षेत्रको भ्रमणपछि प्राप्त हुने वस्तुनिष्ठ रिपोर्टका आधारमा महानगरले नयाँ कार्ययोजना बनाउने जानकारी दिए ।

पर्यटन क्षेत्रका सवारी व्यवस्थापन गर्ने साथीहरू र सञ्चारकर्मीको टोलीले स्थलगत भ्रमण गरी त्यहाँको वास्तविक अवस्था, यात्रुहरूले भोग्नुपरेका समस्या, आवास र खानाको व्यवस्थाबारे विस्तृत अध्ययन गर्नेछ। यसले आगामी दिनमा पर्यटकका लागि थप सहज वातावरण बनाउन मद्दत पुग्नेछझ उनले भने ।

संघका अध्यक्ष रविप्रसाद आचार्यले धार्मिक पर्यटन प्रवर्द्धनका लागि भ्रमण फलदायी हुने बताए ।

You might also like

Comments are closed.