DSIK/NEFSCUN र पोखरा रोयल सहकारीबीच रणनीतिक छलफल

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेडको सहकार्यमा DSIK/NEFSCUN SACCOS Strengthening Program” अन्र्तगत संस्थागत विकास, भावी कार्ययोजना र रणनीतिक विकास सम्वन्धी रणनीतिक छलफल सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा DSIK (Deutsche Sparkassestiftung) का प्राविधिक विज्ञ यान वायर (. Jan Bayer, DSIK Germany), DSIK नेपाल स्थित प्रतिनिधी सञ्जय झा, नेफस्कूनका सहायक कार्यकारी अधिकृत दुर्गाप्रसाद ढकाल लगायतले परियोजनाको बारेमा सहजीकरण गरेका थिए । छलफल कार्यक्रममा संस्थाका उपाध्यक्ष चन्द्रप्रसाद गुरुङ, कोषाध्यक्ष सूर्यमोहन ढकाल, लेखा समिति संयोजक नारायण सुवेदी, सञ्चालक तथा ऋण उपसमिति सदस्य हिरालाल श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङ, मूख्य प्रवन्धक मीलन ढकाल लगायत विभागीय प्रमुखहरुको सहभागिता रहेको थियो ।

परियोजना अन्र्तगत संस्थाको वित्तीय स्वस्थलाई थप सवल बनाउन ऋणको नीतिगत सुधार, आधुनिक ऋण प्रणाली विकास गर्ने, क्रेडिट स्कोरिङ्ग, खराब कर्जा व्यवस्थापन, ऋण मूल्याँकन र सदुपयोगिताको बैज्ञानिक जाँच विधी र ऋण विभागमा कार्यरत कर्मचारी र उपसमितिलाई समय सापेक्ष तालिम उपलब्ध गराई दक्ष बनाउने योजना रहेको संस्थाका सूचना अधिकारी मीलन ढकालले बताए ।

कार्यक्रममा DSIK का प्राविधिक विज्ञ यान वायरले यो परियोजना विगत ३० वर्षदेखि संसारका ५० भन्दा बढी देशहरुमा २०० बढी सहयोगी संस्थाहरुसंग काम गरिरहेको बताए । नेफस्कूनले नेपालका बचत तथा ऋण सहकारीको क्षमता विकास गर्ने उद्धेश्य बमोजिम हाल ६ वटा संस्थाहरुमा नमूना परियोजनाको रुपमा काम अगाडि बढाएको र भविश्यमा १०० बढी संस्थमा पु¥याउने अभियान रहेको सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकालले बताए ।

You might also like

Comments are closed.