लुम्बिनी क्षेत्रमा एआई अनुसन्धान र विकास केन्द्र स्थापना, एलटीआईसी र वेस्टर्न मेगा कलेजबीच सम्झौता

लुम्बिनी प्रदेशको प्रविधि क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यका साथ लुम्बिनी क्षेत्रमा एआई अनुसन्धान र विकास केन्द्रको स्थापना (AI Research and Development Center Launched in the Lumbini Region) गरिएको छ। बुटवलस्थित वेस्टर्न मेगा कलेज र लुम्बिनी टेक इनोभेसन सेन्टर (LTIC) बीच उद्योग र प्राज्ञिक क्षेत्र (Industry-Academia Tie-up) जोडने उद्देश्यका साथ एक ऐतिहासिक समझदारी पत्र (MoU) मा हस्ताक्षर भएको छ।

यो रणनीतिक साझेदारीले कलेजमा सिकिने सैद्धान्तिक ज्ञान र उद्योगको व्यावहारिक अभ्यासबीचको खाडललाई पुर्नेछ, जसले गर्दा यस क्षेत्रका विद्यार्थीहरूले स्थानीय स्तरमै विश्वस्तरीय प्रविधिको अनुभव लिन पाउनेछन्।

समझदारी पत्रमा लुम्बिनी टेक इनोभेसन सेन्टरका संस्थापक अध्यक्ष धनबहादुर राना र वेस्टर्न मेगा कलेज का प्रिन्सिपलले  रूपमा हस्ताक्षर गरेका छन्। लुम्बिनी प्रदेशमा नवप्रवर्तन तथा प्रविधि विकासलाई गति दिने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न प्रविधि क्षेत्रका नेतृत्वकर्ताको सहभागिता  थियो। कार्यक्रममा (LTIC)  का संस्थापक निर्देशक तथा एआई अनुसन्धानकर्ता कृष्ण सापकोटा र वेस्टर्न मेगा कलेज का (BIT) कोअर्डिनेटर कृष्ण श्रेष्ठको विशेष उपस्थिति थियो।

उनीले लुम्बिनी क्षेत्रमा एआई अनुसन्धान तथा विकास केन्द्र स्थापना हुनु प्रदेशका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यसले दक्ष जनशक्ति विदेश पलायन कम गर्न, स्थानीय प्रतिभालाई प्रोत्साहन गर्न तथा विद्यार्थीहरूलाई आफ्नै प्रदेशमै आधुनिक प्रविधिमा आधारित अध्ययन, अनुसन्धान र रोजगारीका अवसर उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

यो सहकार्य विशेषगरी आईटी र बिआईटी अध्ययनरत विद्यार्थीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित अघि बढाइएको हो। दुवै संस्थाले विभिन्न क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

व्यावहारिक उद्योग कार्यशाला (Workshops) :  विद्यार्थीले वरिष्ठ इन्जिनियरहरूको प्रत्यक्ष मार्गदर्शनमा जेनेरेटिभ एआई, डाटा मोडलिङ  र प्रम्प्ट इन्जिनियरिङ  जस्ता अत्याधुनिक प्रविधिसम्बन्धी सीप हासिल गर्नेछन्।

कर्पोरेट इन्टर्नसिप : एलटीआईसीको प्रत्यक्ष प्रोजेक्टहरूमा काम गर्दै विद्यार्थीहरूले कलेज पढ्दापढ्दै वास्तविक कर्पोरेट अनुभव हासिल गर्नेछन्।

You might also like

Comments are closed.