काठमाडौं । चेरीले नेपालमा आफ्नो नयाँ १००% विद्युतीय अर्बन क्रसओभर ‘चेरी Q’ सार्वजनिक गर्ने तयारी गरेको छ। आधुनिक शहरी जीवनशैलीलाई मध्यनजर गर्दै डिजाइन गरिएको ‘चेरी Q’ आगामी ११ देखि १६ अगस्ट २०२६ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने NAIMA Mobility Expo 2026 मा सार्वजनिक गरिने बताइएको छ।
उन्नत विद्युतीय प्लेटफर्ममा आधारित ‘चेरी Q’ ले आकर्षक डिजाइनसँगै फराकिलो तथा व्यावहारिक इन्टेरियर प्रदान गर्दछ। यसमा ३७५ लिटरको बुट स्पेस उपलब्ध छ, जसलाई पछाडिका सिट फोल्ड गर्दा १,४५० लिटरसम्म विस्तार गर्न सकिन्छ।
चेरी Q मा ९० किलोवाटको परमन्ट म्याग्नेट इलेक्ट्रिक मोटर तथा ४१.२ kWh LFP ब्याट्री जडान गरिएको छ। रियर–ह्विल ड्राइभ (RWD) प्रणालीसहित उपलब्ध यस गाडीले NEDC मापदण्डअनुसार करिब ४०० किलोमिटरसम्म यात्रा गर्न सक्ने अपेक्षा गरिएको छ। अत्याधुनिक प्रविधि, व्यावहारिक उपयोगिता तथा उत्कृष्ट विद्युतीय कार्यसम्पादनको संयोजनले चेरी Q लाई नेपाली बजारमा बहुप्रतीक्षित विद्युतीय सवारीसाधनका रूपमा स्थापित गर्ने विश्वास कम्पनीको छ।
चार्जिङ सुविधाका हिसाबले पनि चेरी Q अत्यन्तै प्रभावकारी रहेको छ। यसमा ८५ किलोवाटसम्मको DC फास्ट चार्जिङ सुविधा उपलब्ध छ, जसले ब्याट्रीलाई ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म मात्र १६ मिनेटमा चार्ज गर्न सक्षम बनाउँछ। साथै, Vehicle-to-Load (V2L) सुविधामार्फत बाह्य विद्युतीय उपकरण सञ्चालन गर्न पनि सकिन्छ।
चेरी Q ३ भेरियन्ट, ५ वटा आकर्षक बाहिरी रङ तथा २ वटा प्रिमियम इन्टेरियर कलर थिममा उपलब्ध हुनेछ। नेपालको बढ्दो विद्युतीय सवारी बजारलाई लक्षित गर्दै डिजाइन गरिएको यस गाडीले आधुनिक प्रविधि, सहज प्रयोग र उत्कृष्ट कार्यसम्पादनको संयोजनमार्फत शहरी विद्युतीय गतिशीलतामा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ।







Comments are closed.