कास्की पोखरा हस्तकला संघको १६औं वार्षिकोत्सव सम्पन्न

पोखरा । कास्की पोखरा हस्तकला संघको १६औं वार्षिकोत्सव शनिबार पोखरा–१, बागबजारस्थित स्वस्तिक हस्तकला उद्योगमा सम्पन्न भएको छ।

संघकी अध्यक्ष सीता गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा पोउवाका अध्यक्ष गोकर्ण कार्की प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कार्कीले नेपाली हस्तकला कला, संस्कृति र मौलिक पहिचानसँग जोडिएको महत्वपूर्ण क्षेत्र भएकाले यसको संरक्षण, प्रवद्र्धन र व्यवसायीकरणमा सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताए। उनले हस्तकलामार्फत स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म र्पुयाउन व्यवसायीहरूलाई गुणस्तर, नवप्रवर्तन र बजार व्यवस्थापनमा ध्यान दिन आग्रह गरे।

अध्यक्ष सीता गुरुङले संघ स्थापना भएदेखि हस्तकला व्यवसायीहरूको क्षमता अभिवृद्धि, सीप विकास तथा उत्पादनको बजारीकरणका क्षेत्रमा निरन्तर काम गर्दै आएको बताइन्। उनले हस्तकला क्षेत्रमा आबद्ध व्यवसायीहरूको हकहित संरक्षण, सीप हस्तान्तरण र नयाँ पुस्तालाई आकर्षित गर्ने कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा कोशेली घरको भइरहेको कामहरुको बारेमा नेतृत्वकर्ता चीनु गुरुङले जानकारी दिईन् । उनले यसलाई सञ्चालनको प्रत्याभूतिको लागि सबैको सहयोग अपरिहार्य भएको बताईन् ।

संघकी पूर्व अध्यक्ष रामकली खड्का, महिला उद्यमी संघ कास्कीका अध्यक्ष एलिना वराल, नेका नेत्री विष्णु पाण्डे, संस्थापक अध्यक्ष हीरा भट्टराई, संघकी सदस्य उषा बरुवाल लायतले ,हस्तकला क्षेत्रको विकास, स्थानीय उत्पादनको प्रवद्र्धन तथा स्वरोजगार सिर्जनामा संघले र्पुयाएको योगदानको चर्चा गरेका थिए । सहभागीले हस्तकला उद्योगलाई राज्यबाट आवश्यक नीति, सहुलियत तथा प्रोत्साहन उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए।

संघका सचिव पम्फा थापाले सञ्चालन गरेको कार्यक्रममा संघका पदाधिकारी, सदस्य, हस्तकला व्यवसायी तथा विभिन्न क्षेत्रका प्रतिनिधिको उल्लेखनीय सहभागिता रहेको थियो।

सो अवसरमा हालै नेपाल उद्योग वणिज्य महासंघको केन्द्रिय सदस्यमा चयन भएका पोखरा उद्योग वाणिज्य संघका अध्या गोकर्ण कार्की, महिला उद्यमी संघकी अध्यक्ष एलिना वराललाई अध्यक्ष गुरुङले सम्मान गरेकी थिइन् । यस्तै संस्थाको १६ वार्षिकोत्सवको दिनमा जन्म दिन परेका संघका सदस्य शान्ति गुरुङ र भीम कुमारी गुरुङलाई सम्मान गगरिएको थियो ।

सचिव पम्फा पहारीले सन्चालन गरेको कार्यक्रमको अध्यक्षता अध्यक्ष सीता गुरुङले गरेकी थिइन् भने समापन उपाध्यक्ष गोमा ढकालले गरेकी थिइन् ।

You might also like

Comments are closed.