काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालको आयोजनामा आगामी भाद्र ९ देखि १४ गते सम्म १८औं संस्करण ‘एच पि प्रेजेन्ट्स नाडा अटो शो २०२६’ हुने भएको छ । अटो शो मा सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ–संस्थाको प्रदर्शनी हुनेछ ।
अटो शो को स्टलका लागि गोला प्रथामा सहभागी हुनका लागि गत महिना रजिष्ट्रेशन खुल्ला गरिएको थियो । आज आइतबार नाडा सचिवालयमा नाडाका अध्यक्षू, निवर्तमान अध्यक्षू, पदाधिकारी, केन्द्रीय कार्यसमितिका सदस्य एवं सम्पूर्ण सहभागी कम्पनीका प्रतिनिधीको उपस्थितिमा गोला प्रथा गरी कम्पनीलाई स्टल बाँड–फाड गरिएको छ ।
गोला प्रथाद्वारा १९ वटा प्यासेन्जर भेहिकल, १० वटा २–पाँग्रे सवारी साधन, १७ वटा लाइट कमर्शियल भेहिकल एवं ७६ वटा साना स्टलहरूमा ४५ ओटा अटो कम्पोनेन्ट्सलाई स्टल एलट्मेन्ट गरिएको छ । नाडामा सहभागी कम्पनीप्रति नाडाका महासचिव मिलनबाबु मल्लले आभार व्यक्त गरेका छन् ।






Comments are closed.