काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा सुन प्रतितोला १ हजार ४ सय रुपैयाँ र चाँदी ३० रुपैयाँले घटेको हो ।
आज छापावाल सुन प्रतितोला २ लाख ८८ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ५५५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सोमबार छापावाल सुन प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ५८५ कायम भएको थियो ।






Comments are closed.