सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ भने चाँदीको मूल्उ बढेको छ । हिजो मंगलबारको तुलनामा सुन प्रतितोला १ हजारले घटेको छ भने चाँदी १० रुपैयाँले बढेको छ ।

आज छापावाल सुन प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ र चाँदी ४ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार २ सय रुपैयाँ र चाँदीको मूल्य ४ हजार ३१० कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार २९ र चाँदी ५७ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।
रासस

You might also like

Comments are closed.