काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ भने चाँदीको घटेको छ । हिजो बुधबारको तुलनामा सुन प्रतितोला ८ सय रुपैयाँले बढेको छ भने चाँदी १० रुपैयाँले घटेको छ ।
आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँ र चाँदी ४ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७६ र चाँदी ५७ अमेरिकी डलरमा किनबेच भइरहेको छ । रासस



Comments are closed.