पोखरा । पोखरा उद्योग वाणिज्य संघको आगामी ३६औँ महाधिवेशनमा कोषाध्यक्ष पदका लागि देवेन्द्र प्रजूले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । प्रजू एण्ड सन्स प्रा.लि.का सञ्चालक प्रजूले व्यवसायीहरूको हकहितका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाउँदै उम्मेदवारी घोषणा गरेका हुन् ।
प्रजूले संघको कोष व्यवस्थापनलाई थप पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् । ‘मैले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु,’ उनले भने, ‘मैले सधैं व्यवसायीहरूको मुद्दाहरूलाई उठाउँदै आएको छु र अझै पनि उहाँहरूको सेवा गर्ने इच्छा छ ।’
उम्मेदवारी घोषणापछि प्रजूले मतदाताहरूसँग अमूल्य मत प्रदान गरी विजयी बनाउन अनुरोध गरेका छन् । संघको महाधिवेशन भदौ २० र २१ गते हुँदैछ ।




Comments are closed.