काठमाडौं । नेपाल डिस्टिलर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत दीपक वीर सिंह तुलाधर प्रतिष्ठित ‘एसिया बिजनेस लिडर्स अवार्ड’ अन्तर्गत ‘सीईओ अफ द इयर (CEO of the Year) सम्मानबाट सम्मानित भएका छन् ।
यो सम्मान उनको दूरदर्शी नेतृत्व, व्यावसायिक उत्कृष्टता तथा नेपाल डिस्टिलर्सलाई उद्योगको अग्रणी कम्पनीका रूपमा स्थापित गर्न पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप प्रदान गरिएको हो। उनको नेतृत्वमा कम्पनीले उत्पादनको गुणस्तर, नवप्रवर्तन, बजार विस्तार तथा संस्थागत सुशासनमा उल्लेखनीय सफलता हासिल गरेको छ।
यस अवार्डका निर्णायक मण्डलले कम्पनीको दीर्घकालीन विकास, व्यवसायिक वृद्धि, ग्राहकप्रतिको प्रतिबद्धता तथा उद्योगमा स्थापित गरेको सकारात्मक प्रभावलाई मूल्याङ्कन गर्दै कुँवरलाई सम्मानका लागि छनोट गरेको जनाएको छ।
सम्मान प्राप्तपछि तुलाधरले भने“यो सम्मान मेरो व्यक्तिगत उपलब्धि मात्र नभई नेपाल डिस्टिलर्स परिवारको सामूहिक प्रयास, समर्पण र निरन्तर उत्कृष्टताप्रतिको प्रतिबद्धताको परिणाम हो। यस उपलब्धिले आगामी दिनमा अझ उत्कृष्ट कार्य गर्न प्रेरणा प्रदान गर्नेछ।”
नेपाल डिस्टिलर्सले यस सम्मानलाई कम्पनीका सम्पूर्ण कर्मचारी, साझेदार तथा ग्राहकहरूको विश्वास र सहयोगको प्रतिफलका रूपमा लिएको जनाएको छ। साथै कम्पनीले आगामी दिनमा पनि उच्च गुणस्तरीय उत्पादन, नवप्रवर्तन तथा ग्राहक सन्तुष्टिप्रति आफ्नो प्रतिबद्धता कायम राख्ने जनाएको छ।
वि.सं. २०५३ मा स्थापित नेपाल डिस्टिलर्स प्रालि नेपालका अग्रणी मदिरा उत्पादक कम्पनीहरूमध्ये एक हो। कम्पनीले उत्पादन, मिश्रण तथा वितरणका क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्ड अपनाउँदै विभिन्न लोकप्रिय ब्रान्डहरू बजारमा उपलब्ध गराउँदै आएको छ। कम्पनीको पोर्टफोलियोमा Signature Whisky, Smirnoff Vodka लगायतका अन्तर्राष्ट्रिय ब्रान्डहरूसँगै स्वदेशी उत्पादनहरू पनि समावेश छन्।




Comments are closed.