काठमाडौं । विद्युतीय दुईपांग्रे सवारी उत्पादक Ather Energy Nepal ले NAIMA Mobility Expo 2026 मा मेगा गिभअवे अभियान सञ्चालन गर्ने भएको छ। अभियानअन्तर्गत प्रदर्शनीमा सहभागीमध्ये एक जना विजेताले ब्रान्ड–न्यु Ather स्कुटर जित्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार अभियानमा सहभागी हुन आगन्तुकले Ather Energy Nepal का आधिकारिक Facebook, Instagram र TikTok पेजहरू Follow गर्नुपर्नेछ। त्यसपछि NAIMA Mobility Expo 2026 अन्तर्गत Hall C, Stall C2 मा रहेको Ather Stall मा पुगेर स्कुटरसँग फोटो खिची आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्नेछ। पोस्टमा @AtherEnergyNepal र आफ्ना दुई जना साथीलाई Tag गरेपछि सहभागी स्वतः लक्की ड्रमा समावेश हुनेछन्।
गत वर्ष सञ्चालन गरिएको यस्तै अभियानबाट सालिक राम कँडेलले Ather Rizta स्कुटर जितेका थिए। सहभागीबाट प्राप्त सकारात्मक प्रतिक्रिया र उत्साहजनक सहभागितापछि यस वर्ष पनि अभियानलाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यस वर्षको Ather Stall मा आगन्तुकले नवीनतम प्रविधियुक्त विद्युतीय स्कुटर, स्मार्ट फिचर तथा इन्टेलिजेन्ट इलेक्ट्रिक मोबिलिटी समाधान प्रत्यक्ष अवलोकन गर्न सक्नेछन्। साथै विभिन्न अन्तरक्रियात्मक गतिविधि र डेमोमार्फत Ather का उत्पादनबारे जानकारी लिन सकिने व्यवस्था गरिएको छ।
NAIMA Mobility Expo 2026 आगामी ११ अगस्टदेखि १६ अगस्ट २०२६ सम्म सञ्चालन हुनेछ। प्रदर्शनी अवधिभर Hall C, Stall C2 मा रहेको Ather Stall मा पुगेर आगन्तुकले कम्पनीका नवीनतम उत्पादन अवलोकन गर्नुका साथै मेगा गिभअवे अभियानमा सहभागी भई नयाँ Ather स्कुटर जित्ने अवसर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।



Comments are closed.