‘सिएफमोटो २५० डुअल ईएफआइ’मा ‘नाइमा स्पेसल अफर’ सार्वजनिक

काठमाडौं । नेपालका लागि सिएफमोटो मोटरसाइकलको आधिकारिक वितरक रिशी ट्रेड सेन्टर प्रा.लि.ले नेपाली ग्राहकलाई अझ विश्वसनीय, सुरक्षित तथा दीर्घकालीन स्वामित्व अनुभव प्रदान गर्ने उद्देश्यका साथ सिएफमोटो २५० डुअल ईएफआइमा ‘नाइमा स्पेसल अफर’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो विशेष योजना २०८१ श्रावण २१ गतेदेखि नेपालभरका सबै आधिकारिक सिएफमोटो शोरुमहरूमा लागू भएको छ ।

यस योजनाअन्तर्गत सिएफमोटो २५० डुअल ईएफआइ खरिद गर्ने प्रत्येक ग्राहकले ५ वर्ष (२ वर्ष थप ३ वर्ष गरी) वा ६०,००० किलोमिटर, जुन पहिले पूरा हुन्छ, सो अवधिसम्मको इन्जिन वारेन्टी प्राप्त गर्नेछन् । नेपाली दुईपाङ्ग्रे बजारमा ग्राहकको दीर्घकालीन विश्वास र सन्तुष्टिलाई केन्द्रमा राखेर ल्याइएको यो योजना सिएफमोटो नेपालको महत्वपूर्ण ग्राहक–केन्द्रित पहलका रूपमा रहेको कम्पनीले जनाएको छ । यसैसँगै कम्पनीले सिएफमोटो २५० डुअल ईएफआइको अधिकतम खुद्रा मूल्य (एमआरपी) ५ लाख ७४ हजार ९०० कायम गरेको छ । जसले यो उत्कृष्ट एड्भेन्चर मोटरसाइकललाई अझ प्रतिस्पर्धी मूल्यमा नेपाली ग्राहकसमक्ष उपलब्ध गराउने विश्वास व्यक्त गरिएको छ ।

शक्ति, प्रविधि र एड्भेन्चरको उत्कृष्ट संयोजन मानिएको सिएफमोटो २५० डुअल ईएफआइ आधुनिक प्रविधि, उत्कृष्ट इन्जिनियरिङ तथा एड्भेन्चर–केन्द्रित डिजाइनमा आधारित मोटरसाइकल हो । यसले दैनिक आवागमनदेखि लामो दूरीका यात्रा तथा अफ–रोड साहसिक यात्रासम्म उच्चस्तरीय प्रदर्शन प्रदान गर्दछ । प्राविधिक रूपमा यो मोटरसाइकलमा २४९ सीसी लिक्विड–कुल्ड, सिंगल सिलिन्डर, डीओएचसी ईएफआई इन्जिन छ । जसले २४.२ बीएचपीको अधिकतम शक्ति र २२.५ एनएमको टर्क उत्पादन गर्दछ। यसमा ६–स्पीड ट्रान्समिसन र सुरक्षाका लागि डुअल-च्यानल एबीएस प्रणाली जडान गरिएको छ ।

कठिन बाटोहरूमा पनि सहज यात्राका लागि यसमा २४५ मिमीको उत्कृष्ट ग्राउण्ड क्लियरेन्स, १५४ केजी कर्ब तौल, हलुका तौलको एड्भेन्चर च्यासिस र आरामदायी अपराइट राइडिङ पोजिसन छ । यसका साथै मोटरसाइकलमा पूर्ण एलईडी लाइटिङ प्रणाली र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ ।

ग्राहकहरूको खरिद प्रक्रियालाई थप सहज र पहुँचयोग्य बनाउन कम्पनीले सहज ईएमआई (किस्ताबन्दी) सुविधा उपलब्ध गराएको छ । साथै, आकर्षक एक्सचेन्ज योजना अन्तर्गत पुरानो जुनसुकै मोटरसाइकल साटेर नयाँ सिएफमोटो २५० डुअल ईएफआइ खरिद गर्ने अवसरसमेत प्रदान गरिएको छ ।

रिशी ट्रेड सेन्टर प्रा. लि. ले सिएफमोटो ब्रान्डमार्फत नेपाली ग्राहकलाई विश्वस्तरीय उत्पादन, उत्कृष्ट बिक्रीपछिको सेवा तथा भरपर्दो स्पेयर पाट्र्स उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै आएको जनाएको छ । ५ वर्षसम्मको इन्जिन वारेन्टी यसै प्रतिबद्धताको अर्को महत्वपूर्ण र ठूलो कदम भएको कम्पनीको विश्वास छ ।

You might also like

Comments are closed.