काठमाडौं । साइङ्लो मोटर्स प्रा.लि.ले नयाँ लिपमोटर बी०३ एक्स Pro Max लाइ नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ।
सार्वजनिक समारोहमा ब्राण्डका विशेष व्यक्तित्व, सञ्चारकर्मी तथा गाडी पारखीको उल्लेख्य उपस्थिति थियो। कम्पनीले पहिलो १०० जना ग्राहकका लागि यसको विशेष मूल्य रु.४४.९९ लाख र त्यसपछिका ग्राहकका लागि रु.४६.९९ लाख निर्धारण गरेको छ। यससँगै देशभरका शोरुमहरूमा गाडीको अवलोकन तथा औपचारिक रूपमा बुकिङ खुला गरिएको छ।
नेपालका विविध सडक तथा भौगोलिक अवस्थालाई सहज रूपमा सामना गर्न सक्ने गरी निर्मित लिपमोटर B03X मा शक्तिशाली १४५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर र ५२ किलोवाट-आवर (kWh) ब्याट्री प्याक रहेको छ, जसले प्रतिघण्टा ९० किलोमिटर (CLTC) सम्मको उत्कृष्ट रेन्ज प्रदान गर्दछ। यसको आधुनिक तथा प्रविधिमैत्री डिजाइनमा १४.६ इन्चको २.५K एचडी टचस्क्रिन, १२ वटा स्पिकरसहित इमर्सिभ सराउन्ड साउन्ड सिस्टम र सुरक्षित ड्राइभिङका लागि ‘लेभल २ एडास’ (Level 2 ADAS) जस्ता विशेषताहरू समावेश छन्।
कार्यक्रममा बोल्दै साइङ्लो मोटर्स प्रा.लि.का निर्देशक हेमन्त गोखलेले भने, “B03X को आगमनले नेपालको इलेक्ट्रिक मोबिलिटीलाई नयाँ उचाइमा मात्रै पु¥याउँदैन, साथै रोड ड्राइभिङलाई अनुभवका लागि नयाँ मापदण्ड स्थापित गर्ने उद्देश्यका साथ हामी नेपाली ग्राहकहरूमाझ यो प्रिमियम एसयूभी ल्याउन पाउँदा उत्साहित छौं।”
विश्वव्यापी रूपमा मासेराटी, अल्फा रोमियो र प्युजो लगायत १४ अग्रणी अटोमोबाइल ब्राण्डहरूको समूह स्टेलान्टिसको सहयोग प्राप्त लिपमोटरले नेपाली ग्राहकहरूमाझ अन्तर्राष्ट्रिय विश्वसनीयता ल्याएको छ। चीनको नम्बर १ स्टार्ट-अप न्यू इनर्जी भेहिकल (NEV) ब्राण्ड लिपमोटरले हालसम्म विश्वभर १६ लाखभन्दा बढी सवारी साधन बिक्री गरिसकेको छ, जससमध्ये जुलाई महिनामा मात्रै १ लाखभन्दा बढी युनिट बिक्री भएको थियो। विश्वका ४० भन्दा बढी देशहरूमा फैलिएको १,५०० भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरूको विशाल सञ्जालमार्फत लिपमोटरले आफ्ना ग्राहकहरूलाई सहज र विश्वसनीय स्वामित्वको अनुभव प्रदान गर्दै आएको छ।



Comments are closed.