नेपालमा हुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नयाँ हुण्डाई Made-in-Nepal VENUE र VENUE N Line सार्वजनिक गरेको छ। नयाँ डिजाइन, उन्नत प्रविधि, उत्कृष्ट प्रदर्शन र सुरक्षासहित नयाँ VENUE ले कम्प्याक्ट SUV सेग्मेन्टमा नयाँ अनुभव प्रदान गर्दछ।
Made-in-Nepal VENUE सशक्त र आकर्षक SUV डिजाइनसहित प्रस्तुत गरिएको छ। यसमा Twin Horn LED DRLs, Horizon LED रियर ल्याम्प, Powered Tilt-and-Slide Sunroof, 10.25-इन्च इन्फोटेनमेन्ट डिस्प्ले र ६ वटा एयरब्याग रहेका छन्। यो १.२-लिटर र १.०-लिटर टर्बो पेट्रोल इन्जिन विकल्पमा उपलब्ध छ, जसले आरामदायी ड्राइभिङ, दक्षता र उत्कृष्ट प्रदर्शन प्रदान गर्दछ।
त्यस्तै, VENUE N Line ले VENUE लाइनअपमा थप स्पोर्टी र विशिष्ट शैली प्रस्तुत गर्दछ। यसमा N-ब्रान्डेड सिट, N-ब्रान्डेड Alloy Wheel, Signature Red Highlights सहितको Body-colour Cladding तथा विशिष्ट N Line Styling Elements रहेका छन्। यसको स्पोर्टी डिजाइनले VENUE को प्रविधि, आराम र व्यावहारिकतालाई कायम राख्दै थप गतिशील अनुभव प्रदान गर्छ।
Made-in-Nepal VENUE को सुरुवाती मूल्य रु. ४८,९६,००० रहेको छ र यो HX 2 (१,१९७cc पेट्रोल), HX 5+ (१,१९७cc पेट्रोल) र HX 5 DCT (९९८cc पेट्रोल) गरी तीन भेरियन्टमा उपलब्ध छ। त्यस्तै, VENUE N Line को सुरुवाती मूल्य रु. ६७,९६,००० रहेको छ।
Made-in-Nepal Hyundai VENUE र VENUE N Line नेपालभरका ह्युन्डाई शोरुमहरूमा उपलब्ध छन्। ग्राहकले आफ्नो नजिकको हुण्डाई शोरुममा गई नयाँ लाइनअपबारे थप जानकारी लिन तथा नयाँ VENUE को डिजाइन, प्रविधि र ड्राइभिङ अनुभव प्रत्यक्ष रूपमा अनुभव गर्न सक्नेछन्।





Comments are closed.