काठमाडौं । भृकुटीमण्डपमा आयोजना गरिएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा प्रोटोनका इलेक्ट्रिक एसयुभिले व्यापक रूपमा ग्राहकको ध्यान आकर्षित गरे । एक्स्पोको हल ‘बि’ स्थित स्टल ‘एल–६’ मा प्रदर्शनमा राखिएका भर्खरै सार्वजनिक गरिएका नयाँ इ.मास ५ का साथै गतवर्षनै सार्वजनिक भएका इ.मास ७ प्रति अवलोकनकर्ताले विशेष चासो देखाएका थिए ।
प्रोटोनको स्टलमा गाडी अवलोकन गर्न र यसका विशेषताको बारेमा बुझ्न तथा मूल्य, स्वामित्व र बुकिङका विकल्पबारे थाहा पाउन ग्राहकको उपस्थिति बढेको थियो ।
आधुनिक सहरी जीवनशैलीलाई लक्षित गरी निर्माण गरिएका कम्प्याक्ट इलेक्ट्रिक एसयुभि ‘प्रोटोन इ.मास ५’ ले आफ्नो रियर–ह्विल–ड्राइभ प्लेटफर्म, सामान व्यवस्थापनका लागि स्मार्ट स्टोरेज सुविधा, १४.६ इन्चको फुल(एचडि डिस्प्ले युनिट, ३७५ लिटरको बुट स्पेस, बाह्य विद्युतीय उपकरण चलाउन मिल्ने भेहिकल(टु–लोड (भिटुएल) प्रविधि र जि–ट्र्याक्सन कन्ट्रोल सिस्टमका कारण अवलोकनकर्ताहरूको ध्यानाकर्षण गरेको हो । कम्प्याक्ट बनावट र उपयोगी विशेषताहरूसहित प्रोटोन इ.मास ५ नेपालका सहरी सडकहरूमा दैनिक प्रयोगका लागि उपयुक्त सवारी साधन हो । प्रोटोन इ.मास ५ ‘प्राइम’ र ‘प्रिमियम’ गरी दुई भेरियन्टमा उपलब्ध छ, जसको मूल्य क्रमशः रु. ३२.९९ लाख र रु. ३६.९९ लाख निर्धारण गरिएको कम्पनीले जनाएको छ ।
त्यसैगरी, ‘प्रोटोन इ.मास ७’ ले ग्राहकहरूलाई ठूलो (फुल–साइज) एसयुभिको उत्कृष्ट अनुभव प्रदान गर्दछ । फराकिलो स्पेस, उत्कृष्ट पर्फमेन्स र लामो दूरीको यात्रा गर्नेहरूका लागि पनि यो उत्कृष्ट विकल्प हो । यसको ‘प्राइम’ भेरियन्टमा १६० किलोवाटको इलेक्ट्रिक मोटर र ४९.५२ किलोवाट–आवरको एलएफपि ब्याट्री रहेको छ, यसले लगभग ३४५ किमीको डब्लुएलटिपि रेन्ज प्रदान गर्दछ । यसमा एडास प्रविधि र १५.४ इन्चको डिस्प्ले समावेश छ, जसले यसलाई दैनिक छोटो दुरीका यात्राहरूका साथै एक सहरदेखि अर्को सहरसम्म लामो दुरीको यात्राका लागि समेत उपयुक्त बनाउँछ । प्रोटोन इ.मास ७ पनि ‘प्राइम’ र ‘प्रिमियम’ गरी दुई भेरियन्टमा उपलब्ध छ, जसको मूल्य क्रमशः रु. ४९.९९ लाख र रु. ५९.९९ लाख रहेको कम्पनीको वेबसाइटमा उल्लेख छ ।
नेपालमा इलेक्ट्रिक गाडीप्रति बढ्दो चासोलाई सम्बोधन गर्दै प्रोटोनका यी दुवै गाडीहरूले नेपाली ग्राहकको जीवनशैली सुहाउँदो विकल्प प्रदान गरेका छन् । प्रोटोन इ.मास ५, कम्प्याक्ट र व्यावहारिक सहरी एसयुभिको उत्कृष्ट विकल्प हो भने प्रोटोन इ.मास ७ पारिवारिक प्रयोग र लामो दूरीको यात्राका लागि उपयुक्त ठूलो (फुल–साइज) इलेक्ट्रिक एसयुभिको उत्कृष्ट विकल्प हो ।
जगदम्बा मोटर्सले साउन २६ देखि ३१ गतेसम्म आयोजना भएको एक्स्पोमा आएर दुवै गाडीको प्रत्यक्ष अनुभव लिदैँ तिनका विशेषताहरू बुझ्न र प्रोटोन टोलीसँग बुकिङका विकल्पबारे थप जानकारी लिन ग्राहकलाई आमन्त्रण गरेको थियो ।
त्यसैगरी, नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा प्रोटोनको स्टलमा उपस्थित भई प्रोटोनप्रति विश्वास व्यक्त गर्ने ग्राहक तथा अवलोकनकर्तालाई जगदम्बा मोटर्स र सम्पूर्ण प्रोटोन टोलीेले धन्यवाद व्यक्त गरेको छ । प्रोटोनसँगको यात्रामा ग्राहकलाई थप उत्कृष्ट अनुभव प्रदान गर्ने प्रतिबद्धतासहित ‘रेडिफाइनिङ योर एक्सपेरियन्स विथ प्रोटोन इ.मास’ अभियानलाई निरन्तरता दिइने कम्पनीले जनाएको छ ।
साथै नाइमामा प्रोटोनको स्टल भिजिट गर्न छुटाएका ग्राहकका लगि ‘नाडा अटो शो २०२६’ को हल ४ स्थित स्टल नम्बर जी–१५ मा आएर प्रोटोनको अनुभव लिन कम्पनीले अनुरोध गरेको छ । साथै, ‘नाडा अटो शो २०२६’ मा ग्राहकका लागि थप आकर्षक तथा रोमाञ्चक अफरहरू पनि सार्वजनिक गर्ने कम्पनीले उल्लेख गरेको छ ।



Comments are closed.