काठमाडौं । Ather Nepal ले NAIMA Mobility Expo 2026 मा ५०० भन्दा बढी बुकिङ प्राप्त गरेको जनाएको छ। ६ दिनसम्म चलेको एक्स्पोमा Ather का नयाँ इलेक्ट्रिक स्कुटर, प्रविधि तथा ownership ecosystem प्रति ग्राहकको उल्लेखनीय चासो देखिएको बताइएको छ ।
Vaidya Energy Pvt. Ltd. अन्तर्गत नेपालमा सञ्चालन हुँदै आएको Ather Nepal का अनुसार, यो उपलब्धि केवल promotional offer का कारण नभई battery assurance, service accessibility, charging infrastructure र practical technology मा गरिएको निरन्तर लगानीको परिणाम हो।
ग्राहकको दीर्घकालीन ownership experience लाई ध्यानमा राख्दै Ather Assurance लाई प्राथमिकतामा राखेको कम्पनीले जनाएको छ। Ather को Eight70 Warranty अन्तर्गत battery मा ८ वर्ष वा ८०,००० किलोमिटरसम्मको warranty उपलब्ध छ।
नेपालमा Ather का १० भन्दा बढी authorised service centres र ५० भन्दा बढी fast charging grid विस्तार भइसकेको कम्पनीको दाबी छ। यसले स्कुटर बिक्रीपछि पनि service तथा charging सुविधालाई निरन्तरता दिने उद्देश्य रहेको देखाउँछ।
NAIMA Mobility Expo 2026 मा सार्वजनिक गरिएको Ather 450 Overtone Series ले पनि आगन्तुकको विशेष ध्यान आकर्षित गरेको कम्पनीले जनाएको छ।
नयाँ series का Magic Twist, Infinite Cruise र Voice on Ather जस्ता technology features प्रति ग्राहकको उत्साह देखिएको थियो। Magic Twist ले regenerative braking नियन्त्रणलाई सहज बनाउने, Infinite Cruise ले लामो दूरीको riding लाई effortless बनाउने तथा Voice on Ather ले voice-based interaction र connected technology उपलब्ध गराउने कम्पनीको भनाइ छ।
यी features ले Ather लाई केवल एउटा electric scooter का रूपमा नभई technology-led mobility platform का रूपमा अनुभव गर्ने अवसर प्रदान गरेको बताइएको छ।
यससँगै Ather 450 Series र Rizta family ले performance, comfort तथा दैनिक शहरी आवागमनका विभिन्न आवश्यकताका लागि विकल्प प्रस्तुत गरेका थिए।
कम्पनीले आगामी दिनमा technology, battery reliability, charging network र service infrastructure विस्तार गर्दै नेपालमा electric mobility लाई थप सहज र विश्वसनीय बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।



Comments are closed.