नेउवासंघ काठमाडौंद्वारा आयोजित ‘योजना तर्जुमा कार्यशाला’ सुरु

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा ‘योजना तर्जुमा कार्यशाला’ सुरु भएको छ ।

नगरकोटमा आयोजित कार्यशालामा संघको कार्यसमिति, विभिन्न समितिका सभापति तथा सदस्यहरूको उपस्थिति छ । संघको भावी योजना तर्जुमा गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यशाला संस्थाका लागि महत्त्वपूर्ण हुने अध्यक्ष रमानाथ श्रेष्ठले विश्वास व्यक्त गरे ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै अध्यक्ष श्रेष्ठले उपस्थित सम्पूर्ण उद्योगी व्यवसायीप्रति आभार व्यक्त गरे । उनले संघले व्यावसायिक हकहितमा निरन्तर काम गर्दै आइरहेको र आगामी दिनमा पनि आफ्ना गतिविधि तथा कार्यक्रमलाई थप परिष्कृत र व्यवस्थित गर्दै अगाडि बढ्ने बताए ।

उक्त कार्यशालामा सय जनाभन्दा बढी उद्योगी व्यवसायीको सहभागिता रहेको महासचिव प्रेमहरि मैनालीले जानकारी दिए । कार्यशाला शनिबारसम्म चल्नेछ ।

You might also like

Comments are closed.