पोखरा । पोखरा रोयल सहकारी, नेफस्कून र DSIK German बीच नेपालको SACCOS Strengthening Program अन्र्तगत संस्थाको संस्थागत विकासमा सहयोग आदान प्रदान गर्ने उद्धेश्यका साथ सम्झौता भएको छ ।
नेफस्कूनको प्रधान कार्यालय काठमाडौमा भएको कार्यक्रममा संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङ, नेफस्कूनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डाशिवजी सापकोटा र DSIK German का तर्फबाट नेपाल प्रमुख लाउरा सायलोले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
परियोजना अन्र्तगत संस्थाको वित्तीय स्वस्थलाई थप सवल बनाउने, ऋणको नीतिगत सुधार, आधुनिक ऋण प्रणाली विकास गर्ने, क्रेडिट स्कोरिङ्ग, खराब कर्जा व्यवस्थापन, ऋण मूल्याँकन र सदुपयोगिताको बैज्ञानिक जाँच विधी र ऋण विभागमा कार्यरत कर्मचारी र उपसमितिलाई समय सापेक्ष तालिम उपलब्ध गराउने, साना तथा मझौला उधमीहरु तयार गर्ने, वित्तीय साक्षरता र व्यवसाय खेलहरु सिकाउने र सदस्य संरक्षणका नवितम कार्यहरु रहेको संस्थाका सूचना अधिकारी मीलन ढकालले बताए ।
कार्यक्रम कम्तिमा १५ महिनादेखि ३ वर्षसम्म सञ्चालन हुनेछ । नेफस्कूनले पहिलो कार्यक्रम अन्र्तगत नेपालको ५ वटा बचत तथा ऋण सहकारीलाई छनौट गरि कार्य अगाडि बढाएको छ । जस अन्र्तगत पोखरा रोयल साकोस कास्की, विकू साकोस नवलपुर, जनउत्थान साकोस रुपन्देही, विन्दवासिनी साकोस काभ्रे र साहरा नेपाल साकोस झापा रहेका छन् । DSIK German परियोजनाले विगत ३० वर्षदेखि संसारका ५० भन्दा बढी देशहरुमा २०० बढी सहयोगी संस्थाहरुसंग काम गरिरहेको छ ।




Comments are closed.