नेपाल जग्गा तथा आवास विकास महासंघमा युवा व्यवसायी काफ्ले नियुक्त

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघको कार्यकारिणी सदस्य तथा रियल इस्टेट तालिम तथा प्रशिक्षण उपसमितिको सदस्यमा युवा व्यवसायी दीपक काफ्ले नियुक्त भएका छन् ।

डिएन ग्रुप अफ कम्पनिजका अध्यक्ष समेत रहेका काफ्लेलाई महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरे (ध्रुव) ले एक कार्यक्रमका बीच नियुक्ति पत्र हस्तान्तरण गरे ।

काफ्लेको व्यावसायिक अनुभव, नेतृत्वदक्षता र सक्रियताले नेपालको रियल इस्टेट क्षेत्रलाई अझ व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास महासंघले लिएको छ ।

You might also like

Comments are closed.