एनएमबि बैंकद्वारा बाढी प्रभावितका लागि ३ करोड ५१ लाख रुपैयाँ सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले एनएमबि बैंक लिमिटेडका संचालक समितिका अध्यक्षले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा हुने गरी ३ करोड ५१ लाख रुपैयाँ रकमको चेक अर्थ मन्त्रीलाई हस्तान्तरण गरे । साथै, बैंकले उक्त प्रभावित क्षेत्रका नगरिरुका लागि १० लाख रुपैयाँ बराबरको राहत सामाग्री समेत प्रदान गरेको छ ।

अचानक आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ । बाढीले जनधनको क्षति हुनुका साथै धेरै घर परिवार विस्थापित भएका छन् भने सडक, स्थानीय पूर्वाधार र जलविद्युत् आयोजनाहरूमा समेत ठूलो असर परेको छ ।

यस कठिन परिस्थितिमा प्रभावित नागरिकको साथमा उभिँदै बैंकले उक्त सहयोग प्रदान गरेको हो । यसबाट बाढी प्रभावितको उपचार, खाद्यान्न तथा आवासको व्यवस्था र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा पुनस्र्थापनाका जस्ता कार्यमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

You might also like

Comments are closed.