काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले सिटी एक्सप्रेस ग्रुपले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाा सहयोग रकम जम्मा गरेको छ ।
सिटी एक्सप्रेसले यस विनाशकारी बाढीमा परी ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना तथा यस कठिन परिस्थितिमा उद्धार, राहत तथा पुनर्स्थापनाका लागि अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित सम्पूर्ण निकायप्रति कृतज्ञता व्यक्त गरेको छ ।





Comments are closed.