बाढी प्रभावितलाई माउन्ट कैलाशको साथ

पोखरा । पोखरामा रहेको माउन्ट कैलाश रिसोर्ट प्रालिले बाढी, पहिरो तथा प्राकृतिक विपद्बाट प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि आर्थिक सहयोग गरेको छ ।

रिसोर्टका अध्यक्ष नरेश भट्टराईले २ लाख ५ हजार ५५५ रुपैयाँ कोषमा हस्तान्तरण गरेका हुन् । रेष्टुरेन्ट एण्ड बार एशोसियसन (रेबान) पोखराले गरेको सहयोग संकलनमार्फत रिसोर्टले सो रकम सहयोग गरेको हो ।भट्टराई रेबानका पूर्वअध्यक्ष हुन् ।

सहयोग रकम मंगलबार कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई हस्तान्तरण गरिएको रेवानले जनाएको छ ।

You might also like

Comments are closed.