पोखरा उद्योग वाणिज्य संघको ३६ औं महाधिवेशन: उद्योग उपाध्यक्षमा ललित कुँवरको उम्मेदवारी

आर्थिक आवाज/ पोखरा । पोखरा उद्योग वाणिज्य संघको आगामी ३६ औं महाधिवेशनमा उद्योग उपाध्यक्ष पदका लागि व्यवसायी ललित कुँवरले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। संघको महाधिवेशन यही भदौ २० र २१ गते पोखरामा हुँदैछ।

कुँवरले पोखरासहित यस क्षेत्रको समग्र औद्योगिक विकास, उद्योगीका हकहित र संघको संस्थागत एवं व्यावसायिक सुदृढीकरणका लागि आफूले उम्मेदवारी दिएको बताएका छन्। औद्योगिक क्षेत्रमा देखिएका विद्यमान चुनौतीहरूको सामना गर्दै उद्योगी–व्यवसायीका समस्या समाधानमा अहोरात्र खट्ने उनको प्रतिबद्धता छ।

लामो समयदेखि व्यावसायिक क्षेत्रमा सक्रिय कुँवरले उद्योगी–व्यवसायी सदस्यहरूबाट प्राप्त उत्साहजनक समर्थन र शुभेच्छाले आफूलाई उत्साहित बनाएको बताए। मतदाताबाट राम्रो मत प्राप्त गरी विजयी हुनेमा पूर्ण विश्वास व्यक्त गर्दै उनले सम्पूर्ण संघका सदस्यहरूलाई आफूलाई अमूल्य मत दिएर सेवा गर्ने अवसर प्रदान गर्न अपिलसमेत गरेका छन्।

You might also like

Comments are closed.