बत्तिसपुतली गौशाला व्यापार व्यवसायी संघद्वारा राहत सामग्री हस्तान्तरण

काठमाडौं । बाढी तथा डुबानबाट प्रभावित परिवारको सहयोगका लागि बत्तिसपुतली गौशाला व्यापार व्यवसायी संघको पहलमा राहत संकलन गरिएको छ । संकलन गरिएको करिब ६ लाख रुपैयाँ बराबरको जिन्सी राहत सामग्री संघका प्रतिनिधी स्वयं नुवाकोटको त्रिशूली क्षेत्रमा पुगेर प्रभावित परिवार, जिल्ला प्रशासन कार्यालय नुवाकोट तथा स्थानीय जनप्रतिनिधिलाई हस्तान्तरण गरेका छन् ।

यस मानवीय अभियानलाई सफल बनाउन राहत सामग्री संकलनमा प्रत्यक्ष रूपमा खटिने कार्यसमिति, सल्लाहकार, पूर्वकार्यसमिति तथा सम्पूर्ण व्यवसायी तथा आफ्नो समय, श्रम र साथ दिएर राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याउन जाने सम्पूर्णप्रति संघले आभार तथा धन्यवाद व्यक्त गरेको छ ।

साथै, यस अभियानमा नगद तथा जिन्सी सहयोग गर्ने सम्पूर्ण दाता, व्यवसायी, स्थापित समाज लगन काठमाडौं लगायतका बिभिन्न संघसंस्था तथा सहयोगीप्रति संस्थाले कृतज्ञता व्यक्त गरेको छ ।

आगामी दिनमा पनि विपत्तिमा परेका नागरिकका लागि सहयोग गर्न चाहने जो–कोहीको सहयोग प्रभावितसम्म पुर्‍याउने भरपर्दो माध्यमका रूपमा निरन्तर सक्रिय रहने संघले जनाएको छ ।

You might also like

Comments are closed.