काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्ना कर्मचारीको स्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै हृदय तथा रक्तनली सम्बन्धी रोग (Cardiovascular Diseases)को रोकथाम सम्बन्धी सचेतना मूलक वेबिनार आयोजना गरेको छ ।
बैंकले मेदान्ता–द मेडिसिटी अस्पताल, गुडगाउँ, भारतसँगको सहकार्यमा आयोजना गरेको उक्त कार्यक्रमको उद्देश्य कर्मचारीलाई हृदय तथा रक्तनली सम्बन्धी रोग, यसको रोकथाम तथा स्वस्थ जीवनशैली अपनाउनुको महत्वबारे सही र आवश्यक जानकारी प्रदान गर्नु रहेको थियो । मेदान्त द मेडिसिटी अस्पताल, गुडगांव भारतसँगको सहकार्यले यस कार्यक्रमलाई अझ प्रभावकारी र विश्वसनीय बनाएको छ ।
उक्त वेबिनार ‘Preventing Cardiovascular Diseases’ विषयमा मंगलबार आयोजना गरिएको हो । कार्यक्रममा ३५ वर्ष वा सोभन्दा माथिका कर्मचारीलाई लक्षित गरिएको थियो । सो सत्रमा मेदान्ता–द मेडिसिटी अस्पताल, भारतका Cardiac Care अन्तर्गतClinical & Preventive Cardiology का Vice Chairman डा. मनिष बन्सलले स्रोत व्यक्तिका रूपमा सहजीकरण गरेका थिए । कार्यक्रमका क्रममा हृदय तथा रक्तनली सम्बन्धी रोगका प्रमुख जोखिम कारकहरू, रोगबाट बच्ने उपायहरू, समयमै स्वास्थ्य परीक्षणको आवश्यकता, दैनिक जीवनमा स्वस्थ बानी तथा जीवनशैली अपनाउने महत्वलगायतका विषयमा जानकारी प्रदान गरिएको थियो ।
साथै, नियमित शारीरिक व्यायाम, सन्तुलित आहार, तनाव व्यवस्थापन तथा स्वस्थ जीवनशैली मार्फत हृदय स्वास्थ्यलाई सुरक्षित राख्न सकिने विषयमा समेत सहभागीहरूलाई सचेत गराइएको थियो । उक्त सचेतना मूलक अनलाइन सत्रमा बैंकका ३५ वर्ष वा सोभन्दा माथिका कुल ४४६ जना कर्मचारीले सक्रिय रूपमा सहभागिता जनाएका थिए । कर्मचारीहरूको स्वास्थ्य प्रति सचेतना अभिवृद्धि गर्दै दीर्घकालीन स्वास्थ्य सुरक्षामा योगदान पु¥याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम प्रभावकारी तथा अन्तरक्रियात्मक रहेको थियो ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्ना कर्मचारी, ग्राहक तथा अन्य सम्बन्धित सरोकारवालाहरूको स्वास्थ्य र कल्याणलाई प्राथमिकतामा राख्दै आगामी दिनहरूमा समेत यस्ता सचेतना मूलक कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ । यसैगरि बैंकका ग्राहकलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने विश्वासले बैंकका कार्ड वाहक ग्राहकलाई मेडिसिटी अस्पतालको सेवा शुल्कमा १५५ सम्म छुट उपलब्ध गरिएको छ ।
“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ ईकाइहरुबाट २० लाख ६० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।




Comments are closed.