बाढी प्रभावितलाई पोखरा रोयलको साथ

पोखरा ।  पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले  रसुवाको भोटेकोशी नदीमा अचानक भीषण बाढी आई रसुवा, नुवाकोट र धादिङ जिल्लामा भएको अकल्पनीय भौतिक तथा मानवीय क्षतिप्रति  दुःख व्यक्त गरेको छ ।

बाढीबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पु¥याउने उद्देश्यले सहकारी, समिति, उपसमिति र कर्मचारी परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा  ३ लाख ५२ हजार १ सय रुपैयाँ  सहयोग गरेको छ ।

सहकारी नाफाको लागि मात्र होइन, यो त अझ बढी सहकार्य र सेवाको लागि हो । मानवीय सेवाको लागि कुनै सीमित कार्यक्षेत्र र मापदण्ड हुँदैन । विपद्को यस घडीमा पीडित परिवारप्रति सहानुभूति प्रकट गर्दै सहयोग, सद्भाव र सहकार्यको लागि सम्पूर्णमा अपील गरेको छ ।

दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै, शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै बेपत्ताहरूको शीघ्र खोज र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनापनि सहकारीले गरेको छ ।

You might also like

Comments are closed.