काठमाडौं । विराटनगरमा रहेको सुर्योदय मिल्क एण्ड बेभरेज इन्डस्ट्रिजले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गरेको छ । सुर्योदयले बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ५ लाख ५५ हजार सहयोग गरेको हो।
उद्योगका अध्यक्ष तथा सञ्चालकले जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेललाई ५ लाख ५५ हजार रुपैयाँको चेक हस्तान्तरण गर्दै उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न सहयोग गरेका हुन्।
भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायलाई राहत पुर्याउने उद्देश्यले ५ लाख ५५ हजार सहयोग गरिएको उद्योगका सञ्चालक मनोज कुमार यादवले बताए।
सुर्योदयले बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।



Comments are closed.