रेवान पोखराको अध्यक्षमा वसन्त गौतम निर्वाचित

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको ३२औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशनबाट वसन्त गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिबार सम्पन्न अधिवेशन तथा निर्वाचन प्रक्रियाबाट संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन भएको हो ।

संस्थाको प्रथम उपाध्यक्षमा विकास भट्टराई, द्वितीय उपाध्यक्षमा योगेश भट्टराई, महासचिवमा विरेन्द्र शेरचन, सचिवमा रोशन जंग कार्की, कोषाध्यक्षमा सुरेश न्यौपाने र सह–कोषाध्यक्षमा सफल थापा निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यहरूमा वैभव पौडेल, भीष्मराज पौडेल, लोकेश ढकाल, कृष्ण अधिकारी, सुमन भट्टराई, सुनील बहादुर भट्टराई, राज बहादुर भुजेल र वसन्त न्यौपाने चयन भएका छन् । निबर्तमान अध्यक्ष विश्व राज पौडेल पदेन सदस्य रहनेछन् ।

पर्यटन नगरी पोखराको व्यावसायिक सुरक्षा, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन र रेष्टुरेण्ट व्यवसायका समसामयिक समस्याहरूको समाधानका लागि नयाँ कार्यसमितिले प्रभावकारी भूमिका खेल्ने विश्वास अधिवेशनले व्यक्त गरेको छ । रेवान पोखराले अँग्रेजी नयाँ वर्षमा वर्षेनी सडक महोत्सव आयोजना गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.