पोउवा संघमा मेला कार्यसम्पादनसहित विभिन्न उपसमिति गठन

पोखरा । पोखरा उद्योग वाणिज्य संघले वर्षेनि आयोजना गर्दै आइरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलालाई यो वर्ष पनि निरन्तरता दिने भएको छ ।

बुधबार बसेको संघको कार्यसमितिको दोस्रो बैठकले अध्यक्ष शोभा गौतमलाई नै मेला कार्यसम्पादन समितिको संयोजकको जिम्मेवारी सुम्पने निर्णय गरेको हो ।संघका महासचिव सुदिप प्रधानाङ्गका अनुसार मेलाको मिति भने बस्तुगत संघ तथा साझेदारसँगको बैठकपछि तय गरिने छ ।

संघकी अध्यक्ष गौतमको अध्यक्षतामा बसेको बैठकले सदस्य तथा गैरसदस्य उद्योगी/व्यवसायीमाथि आइपर्ने समस्या समाधानको पहल गर्ने ‘हेल्प डेक्स’ संयोजकको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष दिनेशचन्द्र बास्तोलालाई सुम्पेको छ ।

यस्तै प्रशासन तथा सदस्यता उपसमितिको जिम्मेवारी महासचिव प्रधानाङ्ग,आर्थिक प्रशासन उपसमितिको जिम्मेवारी कोषाध्यक्ष देवेन्सन प्रजू र बस्तुगत संघ÷संस्था समन्वय उपसमिति संयोजकको जिम्मेवारी लक्ष्मीप्रसाद अधिकारीलाई सुम्पिएको छ ।

You might also like

Comments are closed.