हिमालय एअरलाइन्सका कर्मचारीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

काठमाडौं । हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरू राहत तथा पुनस्र्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले हिमालय एअरलाइन्स्मा कार्यरत कर्मचारीले स्वेच्छिक रूपमा १४ लाख ७० हजार ६ सय ६६ रुपैया संकलन गरेका छन् । सो रकममध्ये १० प्रतिशत रकम विपद्बाट प्रत्यक्ष प्रभावित हिमालयका कर्मचारीको परिवारलाई प्रत्यक्ष सहयोगस्वरूप उपलब्ध गराइएको छ भने बाँकी १३ लाख २० हजार ६ सय ६६ रुपैयाँ नेपालमा हालैको बाढीबाट प्रभावित पीडितको राहत तथा पुनस्र्थापना कार्यमा सहयोग र्पुयाउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।

राष्ट्रिय विपद्को यस कठिन घडीमा बाढी प्रभावित नेपाली नागरिकप्रति ऐक्यबद्धता प्रकट गर्दै हिमालय एअरलाइन्सका विभिन्न विभागमा कार्यरत कर्मचारीले स्वेच्छिक रूपमा आ–आफ्नो तर्फबाट योगदान संकलन गरी उक्त रकम प्रदान गरेका हुन् । आर्थिक सहयोगका साथसाथै  एअरलाइन्सका कर्मचारी एकजुट भई लुगाफाटा संकलन गरी काठमाडौं स्कुल अफ लमा प्रदान गरेका छन्, जसले विपद्बाट प्रभावित समुदायलाई आवश्यक सामग्री उपलब्ध गराउने प्रयासमा टेवा पुर्याउनेछ । कर्मचारीको यस स्वतःस्फुर्त पहलले मानवीय संवेदना, सामाजिक उत्तरदायित्व तथा राष्ट्रिय विपद्का समयमा राष्ट्रसँगै उभिने हिमालय एअरलाइन्स परिवारको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।

एअरलाइन्सका उपाध्यक्ष ( प्रशासन) विजय श्रेष्ठले बाढी प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले हिमालय एअरलाइन्स्का कर्मचारीले प्रदान गरेको रु. १३, १३ लाख २० हजार ६ सय ६६ रुपैयाँको चेक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क राज पौडेल (गणेश) लाइ हस्तान्तरण गरे ।

गत भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण त्रिशुली करिडोर आसपासका विभिन्न बस्तीहरूमा व्यापक जनधनको क्षति हुनुका साथै कैयौँ नागरिक विस्थापित भएका छन् र घर, सडक, पुल तथा अन्य महत्वपूर्ण भौतिक पूर्वाधारमा व्यापक क्षति पुगेको छ । यस विपद्बाट प्रभावित नागरिकको तत्कालीन राहत, उद्धार तथा दीर्घकालीन पुनस्र्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले हिमालय एअरलाइन्स्का कर्मचारीले आफ्नो तर्फबाट संकलन गरेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रत्यक्ष रूपमा जम्मा गरेका छन् ।

एअरलाइन्सले विपद्का समयमा प्रभावित समुदाय तथा राष्ट्रसँग ऐक्यबद्धता जनाउँदै मानवीय सहायता र सामाजिक उत्तरदायित्वका कार्यमा निरन्तर सहयोग पु¥याउँदै आएको छ । एअरलाइन्स् परिवार बाढी तथा यस विपद्बाट प्रभावित सम्पूर्ण नागरिकप्रति समवेदना तथा ऐक्यबद्धता व्यक्त गर्दै प्रभावित परिवारको शीघ्र उद्धार, राहत तथा पुनस्र्थापनाको प्रयास प्रभावकारी रहने अपेक्षा राखेको छ ।

You might also like

Comments are closed.