पोखरामा आज सार्वजनिक हुँदै चाङ्गान नेभो क्यु०५

पोखरा । MAW Vriddhi Autocorp Pvt. Ltd. ले चाङ्गानको NEVO Q05 पोखरामा सार्वजनिक गर्ने भएको छ। कम्पनीले आज शुक्रबार पोखरामा Q05 सार्वजनिक गर्ने तयारी गरेको छ ।

ग्राहकले  Deepal Pokhara Showroom मा पुगेर NEVO Q05 लाई प्रत्यक्ष अनुभव गर्न तथा टेस्ट ड्राइभ गर्न सक्नेछन्। असोज ३ गतेदेखि ६ गतेसम्म टेस्ट ड्राइभ गर्न सकिने कम्पनीले जनाएको छ । पोखरामा आयोजना हुने यो कार्यक्रममार्फत कम्पनीले नयाँ पुस्ताको प्रिमियम इलेक्ट्रिक SUV लाई स्थानीय बजारमा थप नजिकबाट परिचित गराउने लक्ष्य लिएको जनाएको छ ।

NEVO Q05 लाई आधुनिक शहरी जीवनशैलीका लागि डिजाइन गरिएको प्रिमियम इलेक्ट्रिक SUV का रूपमा प्रस्तुत गरिएको छ। Comfort, Design र Technology लाई प्राथमिकता दिँदै ल्याइएको Q05 लाई “A Class Above” अनुभव दिने मोडलका रूपमा कम्पनीले प्रचार गरेको छ।

नेपालमा NEVO Q05 को Ultra भेरियन्टको विशेष मूल्य रु. ५१.९९ लाख तोकिएको छ। गाडीमा ५१.९ kWh CATL Lithium-Iron-Phosphate (LFP) ब्याट्री प्रयोग गरिएको छ। Changan को Golden Shield 2.0 Battery System Technology मा आधारित यस ब्याट्रीले 3C Fast Charging सपोर्ट गर्ने र अधिकतम DC चार्जिङ क्षमता १६२ kW सम्म रहेको कम्पनीले जनाएको छ। ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब १५ मिनेट लाग्ने बताइएको छ ।

१२० kW इलेक्ट्रिक मोटरबाट सञ्चालित Q05 ले NEDC परीक्षणअनुसार ४६२ किलोमिटरसम्मको ड्राइभिङ रेन्ज दिने बताइएको छ। यसको ऊर्जा खपत प्रति १०० किलोमिटर १२.९ kWh रहेको कम्पनीको भनाइ छ।

Q05 मा २,७३५ mm ह्वीलबेस, पछाडिका Reclining सिट र ५४० लिटरको स्ट्यान्डर्ड बुट स्पेस रहेको छ। यसले शहरी प्रयोगका लागि उपयुक्त आकारसँगै यात्रु तथा सामानका लागि फराकिलो र व्यावहारिक केबिन उपलब्ध गराउने कम्पनीले जनाएको छ।

डिजाइनका क्षेत्रमा पनि Q05 लाई अन्तर्राष्ट्रिय पहिचान प्राप्त मोडलका रूपमा प्रस्तुत गरिएको छ। Changan को विश्वव्यापी डिजाइन नेटवर्कअन्तर्गत विकसित Q05 को डिजाइनले Golden A’ Design Award प्राप्त गरेको कम्पनीले जनाएको छ। डिजाइन विकासमा ३१ देश तथा क्षेत्रका ९१५ जना डिजाइन प्रोफेसनल सहभागी रहेको बताइएको छ।

कम्पनीका अनुसार अगस्ट २०२६ को अन्त्यसम्म NEVO Q05 को विश्वव्यापी बिक्री १ लाख २५ हजारभन्दा बढी युनिट पुगेको छ। चीनको Compact SUV बजारमा लगातार चार महिनासम्म बिक्रीमा अग्रता हासिल गरेको पनि कम्पनीको दाबी छ।

Changan Automobile चीनका ठूला तथा लामो इतिहास भएका अटोमोबाइल निर्माता कम्पनीहरूमध्ये एक हो र चीनका “Giant Four” प्रमुख अटोमोटिभ समूहहरूमध्ये एक हो। China South Industries Group Corporation अन्तर्गतको राज्य स्वामित्वको अटोमोबाइल कम्पनीका रूपमा Changan सँग १६० वर्षभन्दा बढीको औद्योगिक विरासत तथा दशकौँ लामो अटोमोटिभ अनुभव रहेको छ। १०० भन्दा बढी देशमा उपस्थिति र १८,००० भन्दा बढी इन्जिनियरहरूको विश्वव्यापी टोलीसहित Changan ले Intelligent, New-Energy तथा Next-Generation Mobility क्षेत्रमा आफ्नो उपस्थिति स्थापित गरेको छ।

MAW Vriddhi Autocorp Pvt. Ltd. नेपालमा Changan Automobile तथा यसका सब–ब्रान्डहरू—Deepal, NEVO र AVATR—को अधिकृत डिलर हो। कम्पनीले नेपालमा उन्नत प्रविधि, नवीन डिजाइन तथा Next-Generation Mobility Solutions उपलब्ध गराउँदै आएको छ।

MAW Vriddhi Autocorp Pvt. Ltd. is an authorized dealership representing Changan Automobile and its sub-brands—Deepal, NEVO, and AVATR in Nepal, bringing advanced technology, innovative design, and next-generation mobility solutions to the market.

 

You might also like

Comments are closed.