पोखरामा जिडब्ल्युएमका विद्युतीय गाडी सार्वजनिक

पोखरा । ग्रेट वाल मोटर (जिडब्ल्युएम) नेपालको आधिकारिक विक्रेता रेज मोटर्स प्रालिले जिडब्ल्युएमका दुईवटा फ्ल्यागसिप विद्युतीय गाडी ‘ओरा ५’ र ‘हाभल जोलियन म्याक्स इभी’ बिहीबार पोखरामा सार्वजनिक गरेको छ । पोखराको उत्तम चोकमा अत्याधुनिक शोरुम सञ्चालन सँगै ति गाडी सार्वजनिक गरिएको हो । नयाँ शोरुमबाट ग्राहकले बिक्री (सेल्स), मर्मत (सर्भिस) र स्पेयर पाट्र्सको थ्रीएस सुविधा एकै छानामुनि पाउने छन् ।

सार्वजनिक गरिएको ‘ओरा ५’ मा ५८.३ किलोवाट आवर क्षमताको ब्याट्री र २०० मिमीको ग्राउन्ड क्लियरेन्स रहेको छ । यसले एक पटकको फुल चार्जमा ४ सय ३५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ ।

त्यसैगरी १५० किलोवाट क्षमताको मोटर रहेको ‘हाभल जोलियन म्याक्स इभी’ मा ५८.३ किलोवाट आवरको ब्याट्री राखिएको छ । यसले ४०० किलोमिटरभन्दा बढी रेन्ज दिने र यसमा प्यानोरामिक सनरुफ, १४.६ इन्चको इन्फोटेनमेन्ट सिस्टम, पूर्ण एडास (अडान्स ड्राइभर असिस्टेन्स सिस्टम) सुरक्षा सुविधा तथा भीटुएल (भेहिकल टु लोड) प्रविधि उपलब्ध छ ।

कम्पनीका अनुसार नेपाली बजारमा हाभल जोलियनको मूल्य ५९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । यस्तै ओरा ५ सेमिको ४८ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ र ओरा ५ को ५३ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

You might also like

Comments are closed.