पोखरामा चाङ्गान नेभो क्यू०५ सार्वजनिक, अल्ट्रा भेरियन्टको मूल्य ५१.९९ लाख रुपैयाँ

पोखरा  ।  MAW Vriddhi Autocorp Pvt. Ltd. ले नयाँ चाङ्गान नेभो क्यू०५ पोखरामा सार्वजनिक गरेको छ, जसपछि ४ दिने टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरिएको छ। ग्राहकले चाउथेस्थित दीपल पोखरा शोरुममा असोज  ६ गतेसम्म विशेष टेस्ट ड्राइभमार्फत NEVO Q05 को प्रत्यक्ष अनुभव लिन सक्नेछन्।

नेभो Q05 लाई आयोजित  सार्वजनिक कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजका अध्यक्ष प्रमुख शोभा गौतम, NADA का पूर्व अध्यक्ष  ध्रुव थापा र WADA का उपाध्यक्ष  निरन के.सी. दीपलका एम्बेसडर  प्रदीप खड्का; MAW Vriddhi Autocorp Pvt. Ltd. का निर्देशक  पार्थ सिकरिया, तथा MAW Vriddhi Autocorp Pvt. Ltd. का CEO ज्ञानेन्द्र बहादुर चन्दको उपस्थितिमा सार्वजनिक गरिएको हो।

Q05 को अल्ट्रा भेरियन्ट रु. ५१.९९ लाखको विशेष मूल्यमा प्रस्तुत गरिएको छ। चाङ्गान नेभो Q05 कम्फर्ट, डिजाइन र प्रविधिमा ‘ए क्लास अबभ’ अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएको कम्प्याक्ट इलेक्ट्रिक SUV हो ।

आधुनिक परिवारका आवश्यकतालाई केन्द्रमा राखेर विकास गरिएको Q05 ले कम्प्याक्ट बाह्य आयामसँगै फराकिलो र व्यावहारिक केबिन प्रदान गर्छ। यसको सेग्मेन्टमै अग्रणी २,७३५ mm ह्वीलबेस र ८६.६ प्रतिशत केबिन स्पेस उपयोगले यात्रुहरूका लागि प्रशस्त स्थान उपलब्ध गराउँछ, जसमा पछाडिको सिटमा तीन जना वयस्क पनि आरामदायी रूपमा बस्न सक्छन्।

पछाडिको सिटब्याकमा २८ र ३३ डिग्रीका दुईवटा रिक्लाइनिङ पोजिसन छन् भने सिटहरू एर्गोनोमिक नौ-तहको संरचनामा निर्माण गरिएका छन्। Q05 मा ५४०-लिटरको डुअल-लेभल बुट, ९० लिटरको लुकाइएको स्टोरेज, २९ सम्म व्यावहारिक स्टोरेज स्पेस तथा ६७ भन्दा बढी साउन्ड-इन्सुलेसन र न्वाइज-रिडक्सन पोइन्टहरू छन्। चयनित भेरियन्टहरूमा १.८ वर्गमिटरको प्यानोरामिक ग्लास रूफ र पावरयुक्त सनशेड पनि उपलब्ध छ।
Q05 को विकास चाङ्गानका ग्लोबल डिजाइन उपाध्यक्ष तथा Volkswagen Group का पूर्व हेड अफ डिजाइन क्लाउस जिक्योरा (Klaus Zyciora) को नेतृत्वमा गरिएको हो। यसको विकासमा ३१ देशका ९१५ भन्दा बढी डिजाइन विशेषज्ञहरूले योगदान गरेका छन्।

Fuguang डिजाइन फिलोसफीबाट प्रेरित Q05 ले सन्तुलित अनुपात, आत्मविश्वासी रोड प्रेजेन्स र ०.२६५ Cd को ड्र्याग कोइफिसियन्टसहित एरोडाइनामिक प्रोफाइल प्रस्तुत गर्छ। २०२६ Golden A’ Design Award विजेता Q05 मा Digital Wing 2.0 फुल-विड्थ लाइटिङ सिग्नेचर, स्टार-रिङ म्याट्रिक्स LED टेललाइट र प्रिमियम सेमी-हिडन डोर ह्यान्डलहरू छन्।

Q05 मा CATL ब्याट्री सेलहरूलाई चाङ्गानको Golden Shield Battery 2.0 प्रविधिसँग एकीकृत गरिएको छ। यसको 3C फास्ट-चार्जिङ प्रणालीले उपयुक्त परिस्थितिमा ब्याट्रीलाई ३० देखि ८० प्रतिशतसम्म करिब १५ मिनेटमा चार्ज गर्न सक्छ। १२० kW इलेक्ट्रिक मोटरले ० देखि १०० km/h सम्मको गति ८.१ सेकेन्डमा हासिल गर्न सक्षम बनाउँछ। Q05 ले WLTPC परीक्षणअन्तर्गत ४०५ km को रेन्ज प्रदान गर्छ भने ऊर्जा खपत १२.९ kWh प्रति १०० km रहेको छ।

यसको प्रविधि प्याकेजमा १४.६-इन्च 1080P टचस्क्रिन, अटोमोटिभ-ग्रेड MTK8675 सात-न्यानोमिटर प्रोसेसर, वायरलेस Apple CarPlay र Android Auto तथा भेरियन्टअनुसार १८ वटासम्म ड्राइभर-असिस्टेन्स फङ्सन र ५४०-डिग्री प्यानोरामिक भ्युिङ सिस्टम समावेश छन्।

चाङ्गान अटोमोबाइल चीनका सबैभन्दा ठूला र लामो समयदेखि स्थापित अटोमोबाइल उत्पादकहरूमध्ये एक तथा देशका ‘Giant Four’ प्रमुख अटोमोटिभ समूहहरूमध्ये एक हो। China South Industries Group Corporation अन्तर्गतको राज्य-स्वामित्वको अटोमोबाइल उद्यमका रूपमा चाङ्गानसँग १६० वर्षभन्दा बढीको औद्योगिक विरासत र दशकौँको अटोमोटिभ विशेषज्ञता छ। १०० भन्दा बढी देशमा उपस्थिति तथा १८,००० भन्दा बढी इन्जिनियरहरूको विश्वव्यापी टोलीसहित चाङ्गानले इन्टेलिजेन्ट, नयाँ-ऊर्जा तथा नेक्स्ट-जेनरेसन मोबिलिटीमा अग्रणी स्थान स्थापित गरेको छ।

MAW Vriddhi Autocorp Pvt. Ltd. नेपालमा Changan Automobile तथा यसका सब-ब्रान्डहरू—Deepal, NEVO र AVATR—को अधिकृत डिलरशिप हो, जसले नेपाली बजारमा उन्नत प्रविधि, नवीन डिजाइन तथा नेक्स्ट-जेनरेसन मोबिलिटी समाधानहरू भित्र्याउँदै आएको छ।
MAW Vriddhi Autocorp Pvt. Ltd. is an authorized dealership representing Changan Automobile and its sub-brands—Deepal, NEVO, and AVATR in Nepal, bringing advanced technology, innovative design, and next-generation mobility solutions to the market.

You might also like

Comments are closed.