नाडाद्वारा बाढी पीडितका लागि राहत सामग्री हस्तान्तरण

काठमाडौं । भदौ १० गते नुवाकोट, टिमुरे र रसुवामा गएको भिषण वाढीबाट पीडित नागरिकका लागि नाडाले किसिमका राहत सामग्री असोज ३ गते जिल्ला प्रशासन कार्यालय नुवाकोटसंगको समन्वयमा जिल्ला समन्वय समितिको कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरेको छ । नाडाका कोषाध्यक्ष पंकज अग्रवाल तथा सहकोषाध्यक्ष निलमणी पाठकको नेतृत्वमा गएको टोलीले सामग्री हस्तान्तरण गरेको हो ।

यसै सन्दर्भमा भदौ १८ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले अर्थ मन्त्री स्वर्णिम वाग्लेसंग भेटी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु. १० लाख रुपैया नगद सहयोग समेत उपलब्ध गराई सकेकोे छ ।

नाडाले विगतका समयदेखि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस किसिमका विपत्तिहरुमा सक्दो आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

 

You might also like

Comments are closed.