नेपाल मार्ट व्यवसायी संघको अध्यक्षमा भुपेन्द्र विष्ट

काठमाडौं । नेपाल मार्ट व्यवसायी संघको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । संघको साधारण सभामा अधिवेशनमा नेपाल वितरक संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ (बागमती प्रदेश) का उपाध्यक्ष प्रेमहरि मैनाली प्रमुख अतिथिका रूपमा रहेका थिए भने विभिन्न संघरसंस्थाका प्रतिनिधि र नेपाल मार्ट व्यवसायी संघको कार्य समितिका पदाधिकारी तथा सदस्यको उपस्थिति रहेको थियो ।

अधिवेशनले संघको नयाँ केन्द्रीय कार्य समिति निर्विरोध निर्वाचित गरेको छ । नयाँ केन्द्रीय कार्य समितिको अध्यक्षमा भुपेन्द्र विष्ट चयन भएका छन् । संघको उपाध्यक्षमा श्रीकृष्ण न्यौपाने, महासचिवमा शैलेश अमात्य, कोषाध्यक्षमा शंकर कुमार ओली र सचिवमा नर बहादुर तामाङ निर्विरोध निर्वाचित भएका छन् । यसैगरी, संघको कार्य समिति सदस्यहरूमा रचना श्रेष्ठ, बम प्रसाद राई, राजकुमार गुरुवाचार्य, यम बहादुर विष्ट र सागर श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, संघको कार्य समितिमा मनोनित सदस्यका रूपमा माया शर्मा सुवेदी, रिया श्रेष्ठ र मञ्जु रिजाल रहेका छन् ।

मार्ट व्यवसायमा संलग्न व्यवसायीहरूलाई संगठित गर्दै व्यवसायसँग सम्बन्धित साझा विषयमा सहकार्य, समन्वय तथा संस्थागत पहल गर्ने उद्देश्यले नेपाल मार्ट व्यवसायी संघ स्थापना भएको हो । संघको पहिलो वार्षिक साधारण सभा तथा अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै व्यवसायीहरूको हकहित र व्यवसाय प्रवर्द्धनका क्षेत्रमा संस्थागत रूपमा अघि बढ्ने आधार तयार गरेको छ । अधिवेशनबाट निर्वाचित नयाँ कार्य समितिले मार्ट व्यवसायीहरूका साझा समस्या तथा चुनौती पहिचान गरी सम्बन्धित निकायसँग समन्वय गर्दै व्यवसायको विकास र प्रवर्द्धनमा भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

You might also like

Comments are closed.