काठमाडौं । घर निर्माण गर्दा होस् वा व्यावसायिक भवन निर्माण गर्दा, भूँइदेखि भित्तासम्म टायल लगाउने चलन छ । मानिसले केवल घरको सुन्दरताको साथै सुरक्षाको लागि पनि टायल लगाउने गर्दछन् । त्यसैले टायल छनोट गर्दा अब रङ र डिजाइन मात्र पर्याप्त हुँदैन । टायलका सतहको बनावट, टिकाउपन, पानी सोस्ने क्षमता, प्रयोग गर्ने स्थान, मर्मत र मूल्यअनुसारको गुणस्तर पनि उपभोक्ताको निर्णयका महत्त्वपूर्ण आधार बन्दै गएका छन् ।
भृकुटीमण्डपमा आयोजित नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनीमा लामिनार टायल्सको स्टलमा देखिएको भिड र चासोले पनि मानिसको चाहना र आवश्यकता कस्तो रहेछ भन्ने कुरा स्पष्टसँग देखाएको छ । मेलामा आगन्तुकले टायल हेर्ने मात्र होइन, छोएर त्यसको सतह महसुस गर्ने, विभिन्न डिजाइन अवलोकन गर्ने तथा उत्पादन प्रविधि र प्रयोगबारे जानकारी लिने गरेको देखियो ।
विशेषगरी लामिनारका टायल नेपालमै उत्पादन हुन्छ भन्ने कुराले सबैको ध्यान खिँचेको देखिएको छ । अन्तर्राष्ट्रिय मुलुकका उत्पादनलाई समेत टक्कर दिन सक्ने टायल नेपालमै उत्पादन हुने रहेछ भन्ने थाहा पाउँदा अवलोकन गर्न आउने सबै उत्साहित देखिएका थिए । कतिपयले त लामिनाको टायल प्रायोग गरिसकेपछि टायलको विशेषता अरुलाई सुनाउँदै थिए ।
लामिनार, लुम्बिनी सेरामिक्स लिमिटेडअन्तर्गतको ब्रान्ड हो। यसका फुल्ली भिट्रिफाइड टायल बर्दियाको गुलरियास्थित कारखानामा उत्पादन हुन्छन् । कम्पनीले स्पेन र इटालीबाट ल्याइएका ग्लेज तथा आधुनिक डिजिटल मसी प्रविधि प्रयोग गरेर नेपालमै टायल उत्पादन गर्दै आएको छ।
प्रदर्शनीमा कसैलाई डिजाइनले आकर्षित गर्यो भने कसैले सतहको फिनिस र फरक प्रयोगका लागि उपलब्ध विकल्प रहेछ भन्ने बुझियो । यसका साथै कुराकानी अघि बढ्दै जाँदा टायलको डिजाइनसँगै गुणस्तर, टिकाउपन, मूल्य र प्रयोगअनुसार सही टायल छनोट गर्ने विषय पनि महत्वपूर्ण रहेछ भन्ने कुराको पनि जानकारी भयो ।
लामिनारले आफ्नो पोर्टफोलियोलाई पनि केवल रङ र बुट्टामा सीमित नराखी आवश्यकता र प्राविधिक कार्यसम्पादनअनुसार विभिन्न सतहमा निर्माण गरेको छ । भिट्रोना टायालले मार्बल, ढुङ्गा र कङ्क्रिटजस्ता सामग्रीको चरित्रलाई सेरामिक डिजाइनमा प्रस्तुत गर्छ भने ट्रेसोले काठको न्यानोपनका साथै प्राकृतिक डिजाइनलाई सतहमा उतार्छ । गुणस्तरका हिसाबले लुम्बिनी सेरामिक्सका लामिनार र क्रेस्टा टायल्सले एनएस ६१७ः२०८२ अन्तर्गत नेपाल गुणस्तर चिन्ह प्राप्त गरेका छन् ।
टायलको डिजाइन र चमक आँखाले देखिन्छ, तर गुणस्तरका सबै पक्ष बाहिरबाट छुट्याउन सकिँदैनन् । लामिनारको प्राविधिक विवरणअनुसार परीक्षणमा यसको पानी सोस्ने दर ०।०२५ प्रतिशत देखिएको छ। त्यस्तै घनत्व २।३० ग्राम प्रति घन सेन्टिमिटर र मोडिँदा सहने शक्ति ४४ न्यूटन प्रति वर्ग मिलिमिटर रहेको उल्लेख छ । यी तथ्यले टायलको मूल्यांकन बाहिरी स्वरूपसँगै सामग्रीको घनत्व, कम छिद्रता, टिकाउपनमा पनि निर्भर हुन्छ भन्ने देखाउछ ।
प्रदर्शनीमा लामिनारका टायल नेपालमै उत्पादन हुने जानकारीले आगन्तुकमा थप जिज्ञासा सिर्जना गरेको देखियो। आकर्षक डिजाइन र परिष्कृत फिनिस भएका टायललाई विदेशी उत्पादन ठान्ने पुरानो बुझाइबीच नेपालमै आधुनिक प्रविधिबाट फुल्ली भिट्रिफाइड टायल उत्पादन भइरहेको तथ्यले स्वदेशी उत्पादनलाई नयाँ दृष्टिकोणबाट हेर्ने अवसर दिएको छ ।
एउटै प्रकारको टायल सबै ठाउँमा उपयुक्त हुँदैन। बाथरुप, बैठक कोठा, हल, होटल, कार्यालय, बाहिरी टेरेस वा धेरै आवतजावत हुने क्षेत्रमा आवश्यकता अनुसार टायल छनोट गर्न सकिन्छ ।
लामिनारको स्योरस्टेप सतह प्रविधि बाथरुम तथा पानी परिरहने ठाउँमा विषेश प्रयोग गर्न निर्माण गरिएको छ । बाहिरी टेरेस, बाल्कोनी, आँगन, बाटो र पोखरी आसपासका लागि ग्रिप९ टायल निर्माण गरिएको छ । धेरै आवतजावत हुने व्यावसायिक तथा संस्थागत क्षेत्रलाई लक्षित गरी सेन्ट्रो टायल निर्माण गरिएको छ ।
उपभोक्ताको छनोट पनि विस्तारै मूल्य वा डिजाइनमा मात्र सीमित नरही डिजाइन, प्रयोगको स्थान, प्राविधिक कार्यसम्पादन, टिकाउपन, मर्मत र मूल्यको समग्र सन्तुलनतर्फ केन्द्रित हुँदै गएको देखिन्छ ।
भृकुटीमण्डपको प्रदर्शनीले यही परिवर्तनको एउटा झलक दियो। आगन्तुकले टायल हेरे, छोए, तुलना गरे र प्रश्न गरे । उनीहरूले नेपालमै बनेको टायललाई केवल ‘स्वदेशी उत्पादन’ का रूपमा होइन, डिजाइन, गुणस्तर र कार्यसम्पादनका आधारमा बुझ्ने अवसर पाए ।
यसले नेपाली उपभोक्ताका लागि टायल छनोटको प्रश्न अब केवल ‘स्वदेशी कि विदेशीरु’ नभई ‘मेरो प्रयोगका लागि सही सामग्री कुन होरु’ भन्नेतर्फ अघि बढिरहेको संकेत गर्छ ।




Comments are closed.