काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँ र चाँदीको मूल्य १४५ रुपैयाँ घटेको छ ।
आज सोमबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य ४ हजार ५१० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य ४ हजार ६५५ कायम भएको थियो । रासस



Comments are closed.