सराङकोट बहुउद्देश्यीय सहकारीको २० औं साधारण सभा सम्पन्न

समुदायको बिकास सहभागिता उदेश्य राखी स्थापना भएको सराङकोट बहुउद्देश्यीय सहकारी संस्था को २० औ साधारणसभा सम्पन्न भएको छ। स्थापनादेखि संस्थाले रेडियो सराङकोट ,समाजिक सेवा विविध क कार्य सहित सदस्य हरुको आर्थिक सहभागितामा आर्थिक कारोबार गर्दै आएको छ।

संस्थाका सल्लाहकार भागबत भाष्कर कमल नयन गौतमले अहिलेसम्म सबैपरिस्थितिमा संस्था जिम्मेवारीका साथ निरन्तर सन्चालनमा रहनु महत्त्वपूर्ण कार्य भएको बताए । सो अवसरमा जेष्ठ सदस्य तिर्थ मान प्रदानङ्ग, रेडियो सराङकोट का समाचार प्रमुख कमल पौडेल अथक , असल सदस्य कारोबारी बाल कृष्ण बराल, शर्मिला जि सि ,बर्ष उत्कृष्ट कर्मचारी पवन श्रेष्ठ ,सदस्य अमृत पोख्रेल उत्कृष्ट विद्यार्थी लगायतलाई संस्थागत सम्मान गरिएको थियो । पुर्ब अध्यक्ष सल्लाह कृष्ण बहादुर थापाले संस्था को बिगत देखि बर्तमान समय सम्म आउँदा संस्थाको सक्रिय भुमिका बारेमा आफ्नो धारणा राखेका थिए ।

संस्था का अध्यक्ष शिव बहादुर बानियाको अध्यक्षतामा भएको कार्यक्रममा पुर्ब अध्यक्ष प्रेमबहादुर जिसि , सुशील राज पराजुली सल्लाहकार शोभियत बहादुर अधिकारी ,ईन्द्रकमल मानन्धरले संस्थाको उदेश्यमा सम्पूर्ण सदस्य सकृय हुनुपर्ने बताए ।

साधारण सभाले संस्थागत रूपमा प्रस्तत गरिएको सचीव जय राम पौडेल ,कोषाध्यक्ष शिव बहादुर थापा ,लेखा समिति संयोजक कुलप्रसाद सुबेदी, कर्जा असुली संयोजक उपाध्यक्ष राममणि पौडेल ,ब्यबस्थापक सुरेन्द्र थापा ले प्रस्तुत भएको प्रतिबेदन छलफल सहित पारित गरेको छ ।

६०० भन्दा बढि सदस्य रहेको सहकारीकोे यस बर्ष कुल कारोबार १अर्ब ६८ लाख बचत फिर्ता १अर्ब ६७ लाख , कर्जा लगानी ४८ करोड र शेयर ४ करोड ३६ लाख रहेको व्यवस्थापक सुरेन्द्र थापाले जानकारी दिए ।

You might also like

Comments are closed.