काठमाडौं । कलश स्टक मार्केट लिमिटेड ब्रोकर नं ७४ ले प्रधानमन्त्री विपद् कोषमा ३ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । कलशले आफनो चौथो वार्षिकोत्सवको अवसरमा सो रकम सहयोग गरेको हो ।
३ वर्षको यात्रामा ग्राहक तथा सरोकारवालाबाट प्राप्त विश्वास, सहकार्य र निरन्तर प्रगतिका कारण आफूहरू थप उत्साहित भएको कम्पनीले जनाएको छ। वार्षिकोत्सवको अवसरमा कम्पनीले आफ्ना ग्राहक, लगानीकर्ता तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ।
कम्पनीले आगामी दिनमा पनि ग्राहकको चाहना, अपेक्षा र आवश्यकतालाई केन्द्रमा राख्दै अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। साथै, आगामी यात्रामा पनि सबैको निरन्तर साथ, सहयोग र मार्गदर्शनको अपेक्षा गरेको कम्पनीले उल्लेख गरेको छ।
काठमाडौंको डिल्लीबजारमा मुख्य कार्यालय रहेको कलश स्टक मार्केटको शाखा कार्यालय बुटवलको मिलनचोकमा रहेको छ।






Comments are closed.