आईआईएफटीको ‘स्पेस एण्ड डिजाइन एक्स्पो सिजन ६ र ७’ आयोजना हुँदै, तयारी पुरा

काठमाडौं । आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनको आयोजनामा इन्टेरियर डिजाइनका विद्यार्थीहरूले तयार पारेका सिर्जनात्मक तथा व्यावसायिक डिजाइनहरूको प्रदर्शनी तथा प्रतियोगिता ‘स्पेस एण्ड डिजाइन एक्स्पो सिजन ६ र ७’ आयोजना हुने भएको छ। एक्स्पोको तयारी अहिले अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

काठमाडौंको सिटी सेन्टर, कमलपोखरीमा आयोजना हुने दुईदिने एक्स्पोमा आईआईएफटीका १०१ जना इन्टेरियर डिजाइनिङका विद्यार्थीहरू सहभागी हुनेछन्। विद्यार्थीले अध्ययन तथा प्रशिक्षणका क्रममा तयार पारेका विभिन्न प्रकारका इन्टेरियर डिजाइन, सिर्जनात्मक अवधारणा तथा व्यावहारिक डिजाइनहरू प्रदर्शनीमा राखिनेछन्।

एक्स्पोअन्तर्गत उत्कृष्ट डिजाइन प्रस्तुत गर्ने विद्यार्थीहरूबीच प्रतियोगिता समेत हुनेछ। विभिन्न विधामा उत्कृष्ट हुने प्रतिस्पर्धीलाई पुरस्कार तथा नगद पुरस्कार प्रदान गरिनेछ। विद्यार्थीहरूको सिर्जनशीलता, व्यावहारिक दक्षता तथा व्यावसायिक सम्भावनालाई प्रोत्साहन गर्ने उद्देश्यले एक्स्पो तथा प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमलाई पावर्ड बाई प्रायोजकमा Laminar Vitrified Tiles र Sherpa Group, पेन्ट पार्टनरमा Berger Paints तथा एसोसिएट पार्टनरमा Passion Tissue र Zerona Derma को सहकार्य छ।

एक्स्पो १७ र १८ असोज २०८३, शनिबार र आइतबार, बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ। सोही अवसरमा १८ असोजमा दिउँसो ४ बजे भव्य दीक्षान्त समारोह समेत आयोजना गरिनेछ।

आयोजकका अनुसार एक्स्पो विद्यार्थीहरूको शैक्षिक उपलब्धि प्रदर्शन गर्ने अवसर मात्र नभई इन्टेरियर डिजाइन, निर्माण, होटल तथा रेस्टुरेन्ट, क्याफे, रियल इस्टेट तथा उद्यमशीलतासँग सम्बन्धित व्यवसायी र पेशेवरहरूका लागि नयाँ सिर्जना तथा प्रतिभा अवलोकन गर्ने महत्वपूर्ण मञ्च बन्नेछ।

विशेषगरी नयाँ क्याफे, रेस्टुरेन्ट, होटल, कार्यालय तथा अन्य व्यावसायिक स्थल निर्माण वा पुनःडिजाइन गर्ने योजना बनाइरहेका व्यवसायीहरूका लागि एक्स्पो उपयोगी हुने आयोजकको भनाइ छ। यसका लागि अधिकतम संख्यामा इन्टेरियर डिजाइन व्यवसायी, पेशेवर, निर्माण क्षेत्रसँग सम्बन्धित व्यक्ति तथा उद्यमीहरूलाई एक्स्पो अवलोकनका लागि आमन्त्रण गरिएको छ।

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक तथा सिर्जनात्मक सीप प्रदान गर्दै व्यावसायिक क्षेत्रमा प्रवेशका लागि तयार पार्ने उद्देश्यले विभिन्न प्रदर्शनी तथा प्रतियोगिताहरू आयोजना गर्दै आएको छ।

कार्यक्रम विवरण
📍 स्थान: सिटी सेन्टर, कमलपोखरी, काठमाडौं
📅 मिति: १७ र १८ असोज २०८३, शनिबार र आइतबार
🕚 समय: बिहान ११:०० बजेदेखि साँझ ७:०० बजेसम्म
🎓 दीक्षान्त समारोह: १८ असोज, दिउँसो ४:०० बजे
🎨 कार्यक्रम: ‘स्पेस एण्ड डिजाइन एक्स्पो सिजन ६ र ७’

You might also like

Comments are closed.