नेपाल दुर्लभ रक्त समुदाय चितवनको अध्यक्षमा राजमणी नेपाल निर्वाचित

चितवन । नेपाल दुर्लभ रक्त समुदाय चितवनको १६ औँ वार्षिक साधारणसभा तथा १० औँ अधिवेशन चितवनमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष लक्ष्मण ज्ञवालीको सभापतित्वमा सम्पन्न साधारण सभाले राजमणी नेपालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।
संस्थाको उपाध्यक्षमा विजय अधिकारी, सचिवमा दिपेन्द्र पौडेल, कोषाध्यक्षमा आमोध सुवेदी, सह(सचिवस् कृष्टि सापकोटा चयन भएका छन् ।
त्यसैगरि सदस्यमा रामचन्द्र हुमागाई, प्रमिला देवी पाण्डे, गोविन्द पराजुली, यशोधा शर्मा, मदन कट्टेल, सविता पौडेल, बिमला मिश्र र हरि भण्डारी निर्वाचित भएका छन् ।

प्रादेशिक रक्तसञ्चार केन्द्र चितवनकी प्रमुख सुमित्रा पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा नेपाल दुर्लभ रक्त समुदायका केन्द्रीय तदर्थ समितिका अध्यक्ष पुष्प राज शर्मा विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै अतिथिहरूले दुर्लभ रगत समूहका बिरामीहरूको जीवन रक्षाका लागि संस्थाले खेल्दै आएको भूमिकाको उच्च प्रशंसा गरे ।

नवनिर्वाचित कार्यसमितिले दुर्लभ रगतको आवश्यकता परेका बिरामीहरूलाई सहज रूपमा सेवा पुर्‍याउने र साङ्गठनिक सुदृढीकरणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ। कार्यक्रममा संस्थाका सदस्य, नियमित रक्तदाता तथा विभिन्न सामाजिक व्यक्तित्वको उपस्थिति रहेको थियो।

You might also like

Comments are closed.