भल्वो आइसरको चाडपर्व लक्षित ‘फेस्टिभ सर्भिस क्याम्प’ बम्पर–टु–बम्पर चेकअप निःशुल्क

काठमाडौं । चाडपर्वको अवसर पारेर बतास एमएडब्लू कमर्सियल भेइकल्स प्रालिले आफ्ना ग्राहकलाई लक्षित गर्दै ‘Festive Service Camp’ सञ्चालनमा ल्याएको छ। नेपालभर रहेका कम्पनीका शाखा तथा आधिकारिक डिलरमार्फत सञ्चालन हुने यो विशेष सर्भिस क्याम्प असोज १८ गतेदेखि असोज ३० गतेसम्म सञ्चालन हुनेछ।

क्याम्पअन्तर्गत ग्राहकले आफ्ना Volvo Eicher Commercial Vehicles को मर्मतसम्भार तथा सर्भिसमा विभिन्न विशेष छुट तथा सुविधा प्राप्त गर्नेछन्। योजनाअनुसार स्पेयर पार्ट्समा १८ प्रतिशत र लुब्रिकेन्टमा १८ प्रतिशत छुट उपलब्ध हुनेछ। त्यसैगरी, रोडसाइड सर्भिसमा लेबर चार्ज निःशुल्क तथा एग्रिगेट सम्बन्धी कामको ज्यालामा ३० प्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ।

ग्राहकको सहजताका लागि बम्पर–टु–बम्पर चेकअप निःशुल्क गरिने व्यवस्था पनि गरिएको छ। यसबाट ग्राहकले आफ्नो सवारीसाधनको अवस्था समयमै जाँच गराई आवश्यक मर्मत तथा सर्भिस गर्न सक्नेछन्।

दसैं–तिहार तथा अन्य चाडपर्वका समयमा लामो दूरीको यात्रा र व्यावसायिक प्रयोजनका लागि सवारीसाधनको प्रयोग बढ्ने भएकाले सवारीसाधनलाई सुरक्षित, चुस्त र सञ्चालनका लागि तयार राख्न यो सर्भिस क्याम्प महत्वपूर्ण हुने कम्पनीको भनाइ छ। क्याम्पमार्फत ग्राहकले गुणस्तरीय सर्भिस, जेन्युइन पार्ट्स तथा प्राविधिक जाँच एकै स्थानबाट प्राप्त गर्न सक्नेछन्। बतास एमएडब्लू कमर्सियल भेइकल्सले आफ्ना सम्पूर्ण शाखा तथा आधिकारिक डिलरमा यो योजना लागू हुने जनाएको छ।

कम्पनीले ग्राहकलाई चाडपर्वको यात्रा तथा व्यावसायिक सञ्चालनअघि आफ्ना सवारीसाधनको आवश्यक जाँच तथा सर्भिस गराउन आग्रह गरेको छ।

You might also like

Comments are closed.

Secret Link