काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा पेशागत समूहबाट केन्द्रीय सदस्यका लागि भरत राज ढकालले उम्मेदवारी घोषणा गरेका छन् ।
स्याङ्जा क्षेत्र नं. १ का नेता ढकालले ‘मेरो वित्तीय तथा कृषि क्षेत्रको अनुभव अब पार्टीको नीति निर्माण तहसम्म’ भन्ने मूल नारासहित आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।
उनले नयाँ विचार, नयाँ नेतृत्व र सुदृढ संगठन निर्माणलाई आफ्नो मुख्य प्राथमिकता र एजेण्डाको रूपमा अगाडि सारेका छन् ।
वित्तीय तथा कृषि क्षेत्रमा आफूले प्राप्त गरेको लामो अनुभव र दक्षतालाई पार्टीको नीतिगत तहमा उपयोग गर्दै पार्टी संगठनलाई वैचारिक तथा सांगठनिक रूपमा अझ बढी सशक्त र गतिशील बनाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।




Comments are closed.