काठमाडौं । आइएमई ग्रुप सिनर्जी कपको उपाधि स्वीफ्ट टेक्नोलोजीले जितेको छ । खेलमा स्वीफ्ट टेक्नोलोजीले आइएमई वारिएरका बिरुद्ध ५–१ को फराकिलो जित निकाल्न सफल भएको हो ।
काठमाडौं धन्वन्तरी फुटसल मैदानमा आइएमई ग्रुपले आयोजना गरेको सिनर्जी कप अन्तर्गत पहिलो खेल भने आइएमई ग्रुप म्यानेजमेन्ट समूह र ग्रुप कम्पनीअन्तर्गतका कम्पनी सिइओबीच भएको थियो । जसमा आइएमई ग्रुप म्यानेजमेन्ट समूहले २–० को जित निकाल्न सफल भएको हो ।
आइएमई ग्रुपअन्तर्गत रहेका १८ कम्पनीले खेलमा सहभागिता जनाएका थिए । खेलमा पहिलो उपाधि रक्षा गरेको स्वीफ्ट टेक्नोलोजीले एक लाख नगद प्राप्त गर्दा दोस्रो र तेस्रो हुने समूहले क्रमशः ५० हजार र ३५ हजार नगद प्राप्त गरेका छन् ।
खेल सुरु हुनु अघि सिनर्जी कप उद्घाटन सत्रमा बोल्दै आइएमई ग्रुपका संस्थापक अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमई ग्रुपको आयोजनामा भएको यो खेलले ग्रुपका प्रत्येक कर्मचारीबीच सौहार्दता कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
त्यस्तै, कार्यक्रममा ट्रफी हस्तान्तरण गर्दै आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले खेलमा सहभागी प्रत्येक समूहले उत्तिकै शानदार प्रदर्शन गरेको उल्लेख गरे । उहाँले आगामी वर्षको खेलका लागि थप ऊर्जाका साथ सहभागिता जनाउन प्रत्येक समूहलाई शुभकामना पनि दिए ।
आइएमई ग्रुपको आयोजनामा पहिलो पटक भएको सिनर्जी कप २०८३ को डिसहोमअन्तर्गतको एक्सन स्पोर्ट्स एचडी वान टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।




Comments are closed.