काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ३९० रुपैयाँ कायम भएको छ ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ३ सय रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ४२५ कायम भएको थियो ।
रासस





Comments are closed.