काठमाडौं । नेपालमा स्पा तथा वेलनेस क्षेत्रलाई व्यावसायिक र अन्तर्राष्ट्रिय स्तरमा विकास गर्ने उद्देश्यका साथ सक्रिय Tranquility Spa ले विश्वव्यापी रूपमा प्रतिष्ठित International Spa Association (ISPA) को सदस्यता प्राप्त गरेको छ।
नेपालभर करिब २० वटा आउटलेटमार्फत सेवा प्रदान गर्दै आएको Tranquility Spa का लागि यो सदस्यता एउटा महत्वपूर्ण उपलब्धि मात्र नभई नेपालको सम्पूर्ण स्पा तथा वेलनेस उद्योगका लागि पनि गर्वको विषय हो। हालसम्म नेपालबाट ISPA को सदस्यता प्राप्त गर्ने पहिलो र एकमात्र स्पाका रूपमा Tranquility Spa स्थापित भएको छ।
ISPA विश्वभरका स्पा तथा वेलनेस व्यवसाय, व्यावसायिक संस्था र विज्ञहरूलाई जोड्ने अन्तर्राष्ट्रिय संस्था हो। यसको सदस्यताले Tranquility Spa लाई विश्वका विभिन्न देशमा विकसित भएका अन्तर्राष्ट्रिय अभ्यास, मापदण्ड, ज्ञान, अनुसन्धान, व्यावसायिक दस्तावेज तथा नवीनतम प्रविधि र प्रवृत्तिहरूसँग थप नजिकबाट जोडिने अवसर प्रदान गर्नेछ।
यस सदस्यतामार्फत Tranquility Spa ले आफ्ना सेवा तथा सञ्चालन प्रणालीलाई निरन्तर अन्तर्राष्ट्रिय अभ्याससँग तुलना गर्दै सुधार गर्ने, नयाँ ज्ञान तथा सीप हासिल गर्ने र आफ्ना कर्मचारी तथा व्यवसायिक साझेदारहरूलाई अझ उच्चस्तरीय प्रशिक्षण र अवसर प्रदान गर्ने लक्ष्य राखेको छ।
Tranquility Spa का संस्थापक Suresh Puri ले भने, “यो Tranquility Spa का लागि मात्र नभई नेपालको सम्पूर्ण स्पा तथा वेलनेस उद्योगका लागि गर्वको क्षण हो। हामीले अन्तर्राष्ट्रिय स्तरबाट सिकेका ज्ञान, अभ्यास र अनुभवलाई नेपालमा भित्र्याउँदै हाम्रो उद्योगलाई अझ व्यवस्थित, व्यावसायिक र अन्तर्राष्ट्रिय स्तरको बनाउन योगदान गर्नेछौं।”
नेपालमा वेलनेस पर्यटनको सम्भावना बढ्दै गएको र सरकारले Wellness Year 2027 घोषणा गरेको सन्दर्भमा यस प्रकारको अन्तर्राष्ट्रिय सहकार्यले नेपालको स्पा तथा वेलनेस उद्योगलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
Tranquility Spa ले ISPA को सदस्यताबाट प्राप्त हुने अन्तर्राष्ट्रिय ज्ञान, अभ्यास र नेटवर्कलाई नेपालमा उपयोग गर्दै नेपाली स्पा तथा वेलनेस क्षेत्रको गुणस्तर अभिवृद्धि, दक्ष जनशक्ति विकास र अन्तर्राष्ट्रिय बजारसँगको सम्बन्ध विस्तारमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।





Comments are closed.